जसपा अध्यक्ष यादवले लिए स्वास्थ्य मन्त्रीको शपथ, उपप्रधानमन्त्रीको संख्या चार पुग्यो-Sutra News

जसपा अध्यक्ष यादवले लिए स्वास्थ्य मन्त्रीको शपथ, उपप्रधानमन्त्रीको संख्या चार पुग्यो

आइतबार, २७ फाल्गुन २०८०

आइतबार, २७ फाल्गुन २०८०

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रीको पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।



योसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारमा उपप्रधानमन्त्रीको संख्या चार पुगेको छ ।

यसअघि मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठ र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने छन् ।

जसपाबाट सरकारमा यादव र नवलकिशोर साह गएका छन् । साह वन तथा वातावरण मन्त्री बनेका छन् । उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा शपथ ग्रहण गराएका छन् ।

योसँगै सरकारमा सहभागी गठबन्धन दलको संख्या पाँच पुगेको छ । सरकारमा सहभागी दलहरूमा नेकपा एमाले, नेकपा माअ‍ोवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट