चित्रबहादुर केसीको आरोप : रवि लामिछाने विदेशीको इसारामा चल्ने मान्छे-Sutra News

चित्रबहादुर केसीको आरोप : रवि लामिछाने विदेशीको इसारामा चल्ने मान्छे

शनिबार, २ बैशाख २०८०

शनिबार, २ बैशाख २०८०

काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा कार्यपालिका, व्यवस्थापिका र न्यापालिका ‘सेटिङ’बाट चलिरहेको आरोप लगाएका छन् ।



शनिबार काठमाडौंमा जनमोर्चाद्वारा आयोजित ‘नेपालमा अमेरिकी साम्राज्यवादको हस्तक्षेप र राष्ट्रियता रक्षाको प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले नागरिकता नभएको व्यक्तिलाई निर्वाचन लड्न लगाउने र उपप्रधानमन्त्री बनाउने काम भएकाले कार्यपालिका, व्यवस्थापिका र न्यापालिका सेटिङबाट चलिरहेको पुष्टि भएको आरोप लगाए ।

अहिले मुलुकको राष्ट्रियतामाथि नै विषम परिस्थिति आउँदा राष्ट्रिय जनमोर्चा मात्र लडिरहेको उनको जिकिर थियो ।

नेता केसीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई विदेशबाट सञ्चालित मान्छेको संज्ञा दिँदै चितवनमा त्यस्ता मान्छेलाई भगवान् मान्नु दुर्भाग्य भएको टिप्पणी गरे ।

लोकतन्त्र, गणतन्त्र ल्याउनेहरूले नै मौका पाएपछि सत्ताको दुरुपयोग गरेको उनको भनाइ छ ।

पुराना दलका नेताहरूले राष्ट्रियतामाथि नै सौदाबाजी गरेका कारण जनता विकल्प खोज्न बाध्य भएको उनले उल्लेख गरे । संघीयताको विरोध गरेकै कारण जनमोर्चालाई आँखाको कसिंगर बनाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट