गीत रिलिज भएको २४ घण्टा नबित्दै र्‍यापर टेकअफको ज्यान लिइयो-Sutra News

गीत रिलिज भएको २४ घण्टा नबित्दै र्‍यापर टेकअफको ज्यान लिइयो

बुधबार, १६ कार्तिक २०७९

बुधबार, १६ कार्तिक २०७९

काठमाडौं – अमेरिकाका चर्चित र्‍यापर टेकअफको मृत्यु भएको छ । उनको नयाँ गीत रिलिज भएको २४ घण्टा नबित्दै अज्ञात समूहले गोली हानी ज्यान लिएको हो । उनको ज्यान जानु भन्दा १९ घण्टा अघिमात्रै नयाँ गीत ‘मेसी’ रिलिज भएको थियो ।



टेक्ससको ह्युस्टनमा भएको पार्टीमा सहभागी भएका उनीमाथि अज्ञात समूहले गोली हानेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। २८ वर्ष पुगेका टेकअफको वास्तविक नाम कर्स्निक खारी बल हो। उनको इन्टरभ्यू विद अफसेट, मार्टिन इन्ट्रो, ब्लेस इएम तथा भ्याकेसन लगायतका चर्चित र्‍याप गीत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट