कोरोना खोप लगाउने विषयमा सरकारले देखाएको यो झुटो आश्वासन-Sutra News

कोरोना खोप लगाउने विषयमा सरकारले देखाएको यो झुटो आश्वासन

बुधबार, २१ पौस २०७८

बुधबार, २१ पौस २०७८

केही निश्चित समूहमा पर्ने व्यक्तिहरूलाई कोभिड खोपको अतिरिक्त मात्रा दिने कार्यक्रम हाललाई स्थगित गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।



सबै नागरिकलाई कोभिडविरुद्धको खोपको पूर्ण मात्रा दिलाउनु महत्त्वपूर्ण भएको भन्दै अतिरिक्त मात्राको विषयबारे आगामी महिना जानकारी गराउने उसले बताएको छ।

यसअघि कोभिड-१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएका लक्षित समूहका मानिसहरूलाई आजैदेखि अतिरिक्त मात्रा खोप दिने जनाइएको थियो।

मङ्गलवार अपरान्ह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको विवरण अनुसार नेपालमा अहिलेसम्म अढाई करोड मात्रा भन्दा बढी खोप वितरण भइसकेको छ।

किन यस्तो निर्णय गरियो?

झन्डै एक करोड सात लाख जनाले पूर्ण मात्रा र एक करोड ४५ लाखले कम्तीमा एक मात्रा खोप लगाएको विवरणमा जनाइएको छ। कूल जनसङ्ख्याको ३५ प्रतिशतले दुवै मात्रा खोप लगाइसकेका छन्।

केही समय पहिले सरकारले दैनिक ५ लाख मानिसलाई खोप लगाउने बताउँदै आएको छ तर त्यो अनुसार काम भने भइरहेको छैन।

अब यही नियमित खोप कार्यक्रममा ध्यान केन्द्रीत गर्ने गरि अहिलेलाई अतिरिक्त मात्रा वा बुस्टर डोजका विषय थाँती राखिएको मन्त्रालयकी प्रवक्ता सङ्गीता कौशल मिश्रले बताइन्।

उनले जनसङ्ख्याको ४० प्रतिशतलाई खोप लगाइसकेपछि अतिरिक्त र बुस्टर मात्रा खोप दिनसकिने विकल्पबारे छलफल भइरहेको पनि उल्लेख गरिन्।

यसअघि अधिकारीहरूले निश्चित समूहका पूर्ण मात्रा लगाएको तीन महिना भएका व्यक्तिहरूले अतिरिक्त मात्रा पाउने बताएका थिए।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट