केपी शर्मा ओलीको नेकपा एमालेमा करिश्मा मानन्धर प्रबेश गर्दै-Sutra News

केपी शर्मा ओलीको नेकपा एमालेमा करिश्मा मानन्धर प्रबेश गर्दै

बिहिबार, २६ फाल्गुन २०७८

बिहिबार, २६ फाल्गुन २०७८

काठमाडौं – चर्चित अभिनेत्री करिश्मा मानन्धरले केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेमा प्रबेश गर्ने भएकी छिन् । कलाकारिता क्षेत्रमा राम्रो छबि बनाएकी करिश्मा राजनीतिमा अग्रसर हुन लागेकी हुन् ।



उनले एमाले अध्यक्ष ओलीसँग बालकोट पुगेर भेट गरेकी छिन् । भेटमा उनीसहित एमाले सांसद नवराज सिलवाल र गंगा चौधरी पनि सहभागी रहेका थिए । करिश्मा यसअघि नै राजनीतिमा प्रबेश गरिसकेकी थिइन् । नयाँ शक्ति पार्टीबाट राजनीति सुरु गरेकी करिश्माले एमाले प्रबेश गर्न लागेकी हुन् ।

ओलीसँगको भेटपछि पार्टी प्रबेशको लागि छलफल भइरहेको उनले बताएकी छिन् । यसअघि करिश्माले १२ कक्षा पास गर्दा पनि ओलीले फोन गरेर बधाई दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट