कारोबार २ अर्बको भएपनि सेयर बजार ३४ अंकले घट्यो-Sutra News

कारोबार २ अर्बको भएपनि सेयर बजार ३४ अंकले घट्यो

सोमबार, १२ बैशाख २०७९

सोमबार, १२ बैशाख २०७९

साताको दोस्रो दिन सोमबार नेपाली सेयर बजार नेप्से ३४ दशमलव ९५ अंकले घटेर परिसूचक २३ सय ८६ अंक बन्द भएको छ । साताको पहिलो दिन आइतबार एकैदिन ९६ अंकले बढेर हरियाली छाएको नेप्सेमा सोमबार ३४ अंकको गिरावट आउँदा नेप्सेको सेन्सेटिभ इन्डेक्स ६ अंकले घटेको छ ।



सोमबार नेप्सेको सेन्सेटिभ इन्डेक्स ४ सय ५४ अंक पुगेर बन्द भएको छ । नेप्सेमा ५० लाख ४७ हजार कित्ता सेयर खरिद बिक्री हुँदा दुई अर्ब चार करोड २२ लाख हजार रुपैयाँको कारोबार भएको छ ।

कारोबार रकम आइतबारभन्दा ५१ करोडले कमी आएको छ । नेप्सेमा सोमबार अधिकांस सेक्टरका सेयरधनीले गुमाएका छन्।

नेप्सेमा १ सय ६३ कम्पनीका सेयरधनीले ठूलो रकम गुमाउँदा जम्मा २७ कम्पनीले सेयरधनीले नाफा कमाएका छन् । सेयर बजारमा लाईफ इन्स्योरेन्स र नन् लाईफ इन्स्योरेन्स सेक्टरका सेयरधनीले सबैभन्दा धेरै १०० अंक बढीको गिरावट व्यहोर्नु परेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट