कपाल किन झर्छ, यस्ता छन् कारणहरू-Sutra News

कपाल किन झर्छ, यस्ता छन् कारणहरू

सोमबार, २२ माघ २०८०

सोमबार, २२ माघ २०८०

काठमाडौं । कपाल झर्न थालेपछि हरेक मान्छे चिन्तित हुने गर्दछ । पछिल्लो समय कपाल रोपेर यसको समाधान पनि खोजिदै आएको छ ।



कपाल झर्न थालेसँगै भावनात्मक रूपमा कठिन हुन सक्छ । जसले हाम्रो आत्मविश्वास र पहिचान दुवैलाई असर गर्छ । रोब स्मिथ, डायसनका वरिष्ठ प्रिन्सिपल हेयर केयर वैज्ञानिकले कपाल पातलो हुने कारणहरू र यसविरूद्ध लड्ने प्रभावकारी तरिका बताउँछन् ।

१, गर्भावस्था

गर्भावस्थाको दोस्रो र तेस्रो त्रैमासिकमा कपालको संख्या बढ्छ । जसलाई एनाजेन भनिन्छ । बच्चाको जन्मपछि हार्मोन परिवर्तनले फोलिकल्स क्याटेजेन वा टेलोजेन पहिलेकै अवस्थामा सर्ने हुँदा गर्भावस्थापछि कपाल झर्ने हुन सक्छ ।

२, तनाव

मानव जीवनमा आइपर्ने गम्भीर घटनापछि भावनात्मक तनावका कारण पनि कपाल झर्न सक्छ । दुईदेखि तीन महिनापछि यो धेरै उल्लेखनीय हुन सक्छ ।

३, बुढ्यौली बढ्दै जानु

धेरै मानिसहरूले उमेर बढ्दै जाँदा कपाल पातलो हुने अनुभव गर्छन् । तपाईंको शरीरको उमेर बढ्दै जाँदा कपालको वृद्धिको दर सुस्त हुन्छ । प्रत्येक कपालको स्ट्र्यान्ड कम पिग्मेन्टेसनको साथ सानो हुँदै जान्छ । जसले गर्दा मानिसहरूले सेतो कपाल विकास गर्न थाल्छन् ।

४, रोग

रोगको समयमा कपाल झर्ने हुन सक्छ । रोगले शरीरको प्रतिरक्षा प्रणालीसँगै कपालको फोलिकल्समा आक्रमण गर्दा कपाल झर्ने हुन सक्छ । यो शरीरको कुनै पनि भागमा हुन सक्छ । मुख्यतः क्यान्सर उपचार र केमोथेरापीका कारण पूरै कपाल गर्ने गर्दछ ।

५, वंशानुगत

कपाल झर्नुको अर्को कारण आनुवंशिकता पनि हो । जहाँ कपाल झर्नु कुनै रोगको परिणाम होइन । तर, वंशानुगत जीन, हार्मोनको स्तर र बुढ्यौली प्रक्रियाको प्राकृतिक संयोजन हो ।

६, हर्मोनल प्रभाव

कपाल चक्र र कपालको संरचना विभिन्न हर्मोनद्वारा अत्यधिक प्रभावित हुन्छ । यसमा टेस्टोस्टेरोन जस्ता एन्ड्रोजन, एस्ट्राडियोल जस्ता सेक्स हार्मोन र थाइरोइड हार्मोन जस्तै थाइरोक्सिन र कोर्टिसोल समावेश छन् । जुन तनाव प्रतिक्रियाको रूपमा एड्रेनल ग्रन्थीद्वारा जारी गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट