‘ए मेरो हजुर ४’ को शो खुल्यो, टिकट किन्न सकिने-Sutra News

‘ए मेरो हजुर ४’ को शो खुल्यो, टिकट किन्न सकिने

आइतबार, २७ चैत्र २०७८

आइतबार, २७ चैत्र २०७८

आउँदो १ वैशाखबाट प्रदर्शनमा आउने फिल्म ‘ए मेरो हजुर ४’ को शो खुलेका छन् । मल्टिप्लेक्समा शो खुलेसँगै टिकेट बिक्री पनि सुरु भएको छ ।
नेपाली कुनै फिल्मको शो खुलेको सम्भवतः पहिलो हो ।



प्रायः रिलिजको दुई वा तीन दिन अगाडि टिकेट बिक्री गरिने भए पनि फिल्मको लोकप्रियतालाई ध्यानमा राख्दै एक साताअगावै टिकेट बिक्री नै खोलिएको हो । नयाँ वर्षमै प्रदर्शन भएको ‘ए मेरो हजुर ३’ ले राम्रो व्यापार गरेको थियो ।

निर्माता सुनिलकुमार थापाले आफ्नो अघिल्लो सिरिजहरूको तुलनामा कथ्य शैलीसँगै मेकिङमा पनि स्तरीयता बढेको बताए । ‘हामीले फिल्म बनाउदै अगाडि बढ्दै गर्दा स्तरीयता पनि बढेको छ । हामीले दर्शकको समय र पैसाको महत्व बुझेका छौँ,’ उनले भने । उनले फिल्म हेर्न हलसम्म आउने दर्शकलाई फिल्मले निराश नबनाउने दाबी गरे ।

अभिनेता अनमोल केसीले पनि फिल्मको टिकेट खुल्ला भइसकेको हुँदा आफूलाई पायक परेको समयमा फिल्म हेर्न सकिने बताए । ‘फिल्मको शो खुलिसकेको छ । टिकेट खरिद गर्न सकिन्छ । आफ्नो समयानुकूल फिल्म हेर्न सक्नुहुनेछ,’ अनमोलले भने ।

निर्देशक झरना थापाले स्तरीय फिल्म बनाउने कोसिस गरेकाले हेरेर प्रतिक्रिया दिन दर्शकलाई आग्रह गरिन् । ‘हामीले के कस्तो काम ग¥यौं भनेर मूल्यांकन गरिदिने दर्शक हुन् । सल्लाह, सुझाव र हौसलाको सदैव अपेक्षा रहने छ,’ निर्देशक थापाले भनिन् । उनले नेपाली फिल्मलाई विश्वका फिल्ममाझ प्रतिस्पर्धा गराउने स्तरको बनाउन दर्शकको साथ उत्तिकै महत्वपूर्ण रहेको बताइन् ।

फिल्ममा अनमोल र सुहाना थापासँगै सलोन बस्नेत, रेअर राई, रवि गिरीलगायतको अभिनय छ । फिल्ममा सञ्जय लामाको छायांकन, हिमाल केसीको द्वन्द्व, रामजी लामिछाने, कविराज गहतराजको कोरियोग्राफी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट