एमसीसी अगाडी बढाउनु सरकारको दायित्वः गृहमन्त्री खाँण-Sutra News

एमसीसी अगाडी बढाउनु सरकारको दायित्वः गृहमन्त्री खाँण

मंगलबार, ६ पौस २०७८

मंगलबार, ६ पौस २०७८

गृहमन्त्री बालकृष्ण खाँडले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) अगाडी बढाउनु सरकारको दायित्व भएको बताएका छन् । जनकपुरमा मंगलबार विहान सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री खाँडले अघिल्ला सरकारहरूले सम्झौता गरेको एमसीसी परियोजना अगाडि बढाउनु सरकारको दायित्व भएको बताएका हुन् ।



मन्त्री खाणले एमसीसीलाई अघि बढाउनु सरकारको दायित्व मात्र नभएर छिट्टै संसदबाट पारित गरिने दावी गरे । उनले भने– ‘एमसीसीका विषयमा केही भ्रम फैलाइएको छ, ति सबै भ्रम हटाएर संसदबाट पारित गर्छौं ।’

उनले एमसीसीलाई लिएर सत्तारुढ दलबीच कुनै विवाद नरहेको भन्दै सबै दलहरुको सहमतिमै संसदबाट परित गर्ने बताए । मन्त्री खाँणले भने– ‘एमसीसी कुनै ऋण होइन, यो निःशर्त अनुदान हो, गठबन्धनको दलहरुको सहमतिको आधारमा यो पारित हुन्छ ।’

एमसीसीलाई लिएर सत्ता गठबन्धन टुट्ने भन्ने कुरामा कुनै भ्रम नराख्न उनले आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट