काठमाडौँ । आगामी मङ्सिर चार गते हुन लागेको प्रतिनिधिसभा तथा राष्ट्रिय सभाको चुनावका लागि सिट विभाजन गर्नका लागि सत्ता गठबन्धनको आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।
बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो । जसपाका अध्यक्ष उपेन्द्र यादव उपस्थित हुन नसकेपछि बैठक स्थगित गरिएको हो ।
सिट बाँडफाँट टुंगो लगाउन प्रधानमन्त्री निवास बालुवाटारमा आज साझ चार बजे बैठक बोलाइएको थियो तर जसपाका नेता यादव उपस्थित हुन नसकेका कारण आजको बैठक स्थगित गर्नुपर्यो ।
प्रवक्ता सुमनले हवाई उडान डिले भएकाले अध्यक्ष यादव बैठकमा आउन नसकेको बताए ।