आत्महत्या गरेका सारुकले न्याय पाउनुपर्ने श्रृष्टिको भनाइ, गरिन् यस्तो पोस्ट-Sutra News

आत्महत्या गरेका सारुकले न्याय पाउनुपर्ने श्रृष्टिको भनाइ, गरिन् यस्तो पोस्ट

बिहिबार, २८ असार २०८०

बिहिबार, २८ असार २०८०

गत बिहीवार राति अभिनेता सारुक ताम्राकार आफ्नै घरमा आत्महत्या गरेको अब्सथामा फेला परे। यो खबरले धेरैलाई आश्चर्यमा पार्‍यो।



उनले केकति र कसका कारणले आत्महत्याको निर्णयसम्म पुगेर सो अप्रिय कदम चाले भन्ने बारेमा हालसम्म केही सार्वजनिक भएको छैन्। आज उनले आत्महत्या गरेको साता दिन भइसकेको छ। उनको आत्महत्याको विषयलाई लिइर सामाजिक संजालमा अनेक टिकाटिप्पणी हुन थालेको छ।

No description available.

ती टिप्पणीहरुमा कतै सारुकको आत्महत्याको पछाडि कुनै युवतीसँगको प्रेमप्रसंग त छैन भनेर अनुमान गरिएको छ। यस्ताम पूर्व मिस नेपाल तथा अभिनेत्री श्रृष्टि श्रेष्ठले आफ्नो इन्स्टाग्राममा बुधबार सारुकको तस्विर पोस्ट गर्दै ‘यो हाम्रो सारुक हो । सत्य र न्यायको जित हुन्छ’ भनेर लेखेकी छन् ।

उनको यो पोस्टले सारुकको आत्महत्या प्रकरणमाथि प्रश्न खडा गरेको छ र सामाजिक संजालमा भएका टिप्पणीलाई थप बल पुग्ने देखाएको छ।
उनको पोस्टमा अभिनेत्री स्वस्तिमा खड्का, बेनिशा हमाल, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, रेश्मा घिमिरे, प्रियंका कार्की, शुभेक्क्षा खड्का, जेनिशा मोक्तानलगायतको लाइक गरेका छन्। यसलाई उनीहरु पनि सारुकले न्याय पाउनुपर्छ भन्ने कुरामा एकमत रहेको देखाएको छ।

No description available.

सारुकको न्यायका लागि लेखेको इन्स्टा पोस्टको कमेन्ट बक्स भने उनले बन्द गरेकी छन्। पोस्टमा एक पात्रको नाम बारम्बार आएपछि उनले कमेन्ट सेक्सन नै बन्द गरेको बताइन्छ। सारुकले निर्देशन गरेको सर्ट फिल्म ‘हाइड’मा अभिनय गरेकी थिइन् ।

नेपाली रजतपटवृत्तमा सारुकको मृत्यु पनि कतै सुशान्त सिंह राजपुतको जस्तै शंकास्पद होइन भने चर्चा भित्रभित्र व्यापक छ। यसबारेमा एकैखाले अनुमान गरिदैं आपएको छ जसको स्वतन्त्र पुष्टि हुनसकेको छैन्। तर श्रृष्टिले भने जस्तै सारुकको आत्महत्याका एकिन कारण प्रहरीले खोज्नुपर्छ। यदि यो आत्महत्या दुरुत्सहान हो भने दोषीमाथि कारवाही हुनुपर्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट