मेस्सीजस्ता फरवार्ड छैनन् क्रोएसियाका मोड्रिच, यस्तो छ यी दुई खेलाडीको अहिलेसम्मको अवस्था-Sutra News

मेस्सीजस्ता फरवार्ड छैनन् क्रोएसियाका मोड्रिच, यस्तो छ यी दुई खेलाडीको अहिलेसम्मको अवस्था

मंगलबार, २७ मंसिर २०७९

मंगलबार, २७ मंसिर २०७९

फुटबलमा सबैभन्दा ठूलो अवार्ड बालोन डी’ओर हो ।



यो अवार्ड हरेक वर्ष विश्वकै उत्कृष्ट खेलाडीलाई दिइन्छ । लुका मोड्रिच र लियोनल मेस्सी दुवैले यो उपाधि जितेका छन् । दुवैले विश्वकपको फाइनलमा आ–आफ्ना टोलीको हार देखेका छन् ।

क्रोएसिया र अर्जेन्टिनाका यी दुई लिजेण्डका लागि फुटबलको सबैभन्दा ठूलो उपाधि जित्ने यो अन्तिम मौका हो ।

आज मध्यरातबाट सुरु हुने विश्वकप फुटबलमा क्रोएसिया र अर्जेन्टिनाबीचको सेमिफाइनल खेल यी दुई दिग्गजको वरिपरि घुम्ने भएको छ ।

मेस्सी अहिले ३५ वर्षका भइसकेका छन् । लुका मोड्रिच ३७ वर्षका छन् । आगामी विश्वकपमा उनी नदेखिने पक्का छ ।

यस विश्वकपमा दुवै खेलाडीले आ–आफ्नो टोलीको जितमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । दुवैले क्वाटरफाइनलमा पेनाल्टी सुटआउटमा विपक्षीविरुद्ध गोल गरेका थिए । नेदरल्यान्ड्सविरुद्धको क्वार्टरफाइनलमा मेस्सीले नेतृत्व देखाउँदै पहिलो पेनाल्टी लिएका थिए । अर्कोतर्फ ब्राजिलविरुद्धको पेनाल्टी सुटआउटमा पनि मोड्रिचले गोल गरेका थिए ।

खेल निर्धारित समय ९० मिनेटसम्म चलोस् वा अतिरिक्त समयमा जानुस्, मेस्सी अथक रूपमा उभिन्छन् । अहिले यो विश्वकपमा उनले चार गोल गरेका छन् भने दुई गोल गर्न सहयोग गरेका छन् ।

लुका मोड्रिचले कुनै गोल गर्न सकेनन् । तर उनी मेस्सीजस्तो फरवार्ड भने होइनन् । उनी मिडफिल्डमा खेल्छन् जहाँबाट गोल गर्ने मौका कम हुन्छ। मेस्सीले साउदी अरेबियाविरुद्ध पेनाल्टी, मेक्सिकोविरुद्ध एक गोल र एक गोल असिस्ट गरेका थिए। उनले अस्ट्रेलियाविरुद्ध पनि गोल गरेका थिए ।

इङ्ल्यान्डका पूर्व फुटबलर तथा प्रख्यात खेल कमेन्टेटर मार्टिन केओन भन्छन्, “मेस्सी कहिल्यै निराश हुँदैनन्। उनी उत्कृष्ट फर्ममा छन्। उनको जितमा आत्मविश्वास र विश्वासले अन्य खेलाडीहरूलाई पनि प्रोत्साहन दिन्छ।”

अष्ट्रेलिया विरुद्ध मेस्सीको प्रदर्शनपछि इङ्ल्यान्डका डिफेन्डर रियो फर्डिनान्डले बीबीसीलाई भने, “यो विश्वकपमा यो उत्कृष्ट प्रदर्शन हो। यो एकदम ईश्वरीय प्रदर्शन थियो। मैले यस्तो जादू पहिले कहिल्यै देखेको थिइनँ।”

अर्का पूर्व इंग्लिस खेलाडी मिका रिचर्ड्सले ब्राजिलविरुद्धको क्रोएसियाको खेलमा मोड्रिचमा ध्यान केन्द्रित गरेका थिए।

रिचर्ड्स भन्छन्, “मलाई लागेको थियो कि यो उनको अन्तिम विश्वकप हो। उसले खेल नियन्त्रण गर्ने तरिका अचम्मको थियो। ब्राजिलसँग उनको कुनै जवाफ थिएन।”

क्रोएसियाका प्रशिक्षक ज्लात्को डालिच भन्छन्, “यो उमेरमा पनि उनले अचम्मको खेल खेल्छन्। नथकिएकन..पत्याउनै गाह्रो छ। यो विश्वकपमा उनले आफू विश्वकै उत्कृष्ट खेलाडीमध्ये एक हो भनी प्रमाणित गरेका छन्।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट