अमेरिका उडिरहेको विमानको ढोका खसेपछि…-Sutra News

अमेरिका उडिरहेको विमानको ढोका खसेपछि…

मंगलबार, १ फाल्गुन २०८०

मंगलबार, १ फाल्गुन २०८०

काठमाडौं । अमेरिकामा उडेको विमानको ढोका खसेपछि बफेलो नियाग्रा अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गर्नु परेको छ । चिक्टोवागाबाट आउँदै गरेको विमानको ढोका खसेपछि बफेलो विमानस्थल नजिकै आपतकालीन अवतरण गर्नु परेको हो ।



दुर्घटनाका बारेमा नियाग्रा फ्रन्टियर यातायात प्राधिकरणले घटना सोमबार साँझ ६ बजेभन्दा अघि भएको जनाएको छ । विमानबाट ढोका अलग भएपछि सुरक्षित अवतरण भएको थियो ।

विमानमा दुई यात्रु र एक पाइलट सवार थिए । चिक्टोवागाको स्टिगलमेयर पार्कमा उडान भर्ने क्रममा विमानको ढोका खसेको पाइलटले बताए । घटनाबाट हालसम्म कुनै मानवीय तथा भौतिक क्षतिको पुष्टि भएको छैन ।

अडियो रेकर्डिङमा पाइलटले एयर ट्राफिक नियन्त्रकलाई भनेको सुन्न सकिन्छ, “हामी आपतकालीन अवस्थामा छौँ, हामी फिर्ता जाँदैछौं । हामीले विमानको पछाडिको ढोका हराएका छौँ ।”

प्रहरीले ढोकाको खोजी गरिरहेको छ । तर, पत्ता लगाउन सकेको छैन । स्थानीय बासिन्दालाई विमानको ढोका फेला परे जानकारी दिन आग्रह गरिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट