अफ्रिका कप अफ नेसन्सको उपाधि सेनेगललाई-Sutra News

अफ्रिका कप अफ नेसन्सको उपाधि सेनेगललाई

सोमबार, २४ माघ २०७८

सोमबार, २४ माघ २०७८

अफ्रिका कप अफ नेसन्सको उपाधि सेनेगलले जितेको छ। आइतबार राति भएको खेलमा इजिप्टलाई पराजित गर्दै सेनेगलले पहिलो पटक उपाधि उचालेको हो।



निर्धारित ९० मिनेट र थप गरिएको समयमासमेत दुवै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।

पेनाल्टीमा इजिप्तलाई ४(२ गोल अन्तरले हराउँदै सेनेगलले पहिलो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको हो। सेनेगलको लागि साडियो मानेले गरेको गोल नै निर्णायक बन्यो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट