झापामा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी बाहिरिएका छन् । सिट बाँडफाँटमा दुई ठूला दलले अपमान गरेको भन्दै नेकपा एस र जसपा गठबन्धनबाट बाहिरिएका हुन् । कमल गाउँपालिकामा मात्र चार दलीय गठबन्धन बनेको छ भने अन्य स्थानीय तहमा गठबन्धन हुन सकेको छैन । नेकपा एसले झापाका अधिकांश स्थानीय तहमा प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष…