स्वतन्त्र रुपमा उम्मेदवारी दिएका बालेन शाहले मतान्तर बढाएका छन् । महानगरपालिकाको मतगणनामा हालसम्म कुल ६१ हजार ३१५ मत गणना भएको छ । यसमध्ये बालेन शाहले २४ हजार ३२४ मत प्राप्त गरेका छन् । एमालेका केशव स्थापितले १२ हजार ५७३ मतका साथ बालेनलाई पछ्याइरहेका छन् ।