रिक्सा चालकलाई मोटरसाइकलमा बाँधेर घिसारिएको भिडिओ भाइरल-Sutra News

रिक्सा चालकलाई मोटरसाइकलमा बाँधेर घिसारिएको भिडिओ भाइरल

आइतबार, ७ माघ २०८०

आइतबार, ७ माघ २०८०

काठमाडौं । भारतको नोएडामा रिक्सा चालकलाई मोटरसाइकलमा बाँधेर घिसारिएको हृदयविदारक भिडिओ भाइरल भएको छ ।



भिडिओमा दुई युवक बाइकमा बसेका छन् । एक जनाको खुट्टामा डोरीले बाँधेर बाइकले घिसारिएको देखिन्छ । मृतककी श्रीमतीका अनुसार मोटरसाइकलमा बसेका अभियुक्तहरूको नाम अनुज र नितिन रहेको छ ।

मृतक मेहन्दी हसनकी श्रीमती नजमाले आफू बदाऔँ जिल्लाको इस्लानगरको मोहन नगला गाउँकी बासिन्दा रहेको बताइन् । उनीहरू नोएडामा बस्दै आएका थिए । उनका चार सन्तान छन् । उनका श्रीमानले ई-रिक्सा चलाउँथे । नजमा घरेलु कामदारको रूपमा काम गर्दै आएकी थिइन् ।

घटनाको दिन नजमाले श्रीमानलाई घरमै बस्न आग्रह गरे पनि केही समय रिक्सा चलाउने भन्दै घरबाट निस्किएका थिए । त्यसको केही समयपछि उनलाई छुरा प्रहार गरी घाइते बनाएर मोटरसाइकलमा खुट्टा बाँधेर घिसारिएको जानकारी प्राप्त भयो ।

आरोपीहरू दुई जनामाथि नोएडा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट