Logo

महाधिवेशनबारे देउवाको दुई बोली- कहिले समयमा नै हुन्छ, कहिले सार्नपर्छ  



कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनको कार्यतालिका संशोधन गर्न निर्देशन दिएका छन् । सभापति देउवाले मंसिरभित्र सम्पन्न हुने गरी १४औँ महाधिवेशनको कार्यतालिका बनाउन पार्टीको निर्वाचन समितिलाई निर्देशन दिएका हुन् ।

सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र निर्वाचन समितिका सदस्यहरूबीचको छलफलमा आज सभापति देउवाले निर्वाचन समितिलाई मंसिरभित्र पार्टीको महाधिवेशन गरिसक्ने गरी कार्यतालिका बनाउने सम्पूर्ण अधिकार रहेको भन्दै कार्यतालिका संशोधनका लागि निर्देशन दिएका हुन् ।

कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार तिहारपछि क्रियाशील विवाद कायम रहेका जिल्लाको समस्या समाधान गरेर अधिवेशन हुन बाँकी स्थानीय तहका अधिवेशन सम्पन्न गर्ने र महाधिवेशनको मिति केही दिन पछि सार्ने योजनामा कांग्रेस रहेको छ ।

नेपाली कांग्रेसले १४औँ महाधिवेशन आगामी ९ देखि १२ मंसिरसम्म काठमाडौंमा गर्ने तय गरिएको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलवार १४:५०

सर्वाधिक धेरै पढिएको

बिज्ञापन

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • प्रबन्ध सम्पादक :
    ईश्वर अर्याल