Logo

गफाडी प्रधानमन्त्रीका रूपमा छिट्टै नै केपी ओलीको नाम गिनिज बुकमा लेखिन्छ- माधव नेपाल



नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट आन्दोनलमा आफूहरूले विद्रोहको राँको बालेकोे दाबी गरेका छन् ।

मंगलबार विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न जिल्ला आइपुगेका नेपालले यस्तो बताएका हुन् । सर्लाहीमा पत्रकारहरूसँगको भेटघाटको क्रममा अध्यक्ष नेपालले नेकपा (एस)ले समाजवादका मूल्य र मान्यतालाई स्थापित गर्नेसमेत बताए । कम्युनिस्टको नाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गलत कदम चालेको उनको आरोप थियो । 

नेकपा एमाले अध्यक्ष ओलीले नेता महत्त्वपूर्ण ठानेर अगाडि बढेका तर आफूहरूले सधैँ नीति पहिलो भन्ने फरक मत प्रस्तुत गरेको उनले बताए । नेकपा एमाले अध्यक्ष ओलीले आफ्नो स्वार्थका लागि दुई तिहाइको सरकारलाई आफैँले कमजोर बनाएको आरोपसमेत नेपालले लगाए । ‘दुई तिहाइको सरकारलाई कमजोर बनाउन पहिला माओवादीलाई अलग गराए’, उनले भने, ‘त्यसपछि हामीलाई समेत घोक्र्याएर पार्टीबाट निकाले ।’

ओलीले ठूला कुरा मात्र गरेको उनले दाबी गरे । काम एउटै नगरेर देशभर एकै पटक विभिन्न कार्यक्रम घोषणा गरेर गिनिजबुकमा नाम लेखाउने काम गरेको उनको भनाइ थियो । धेरै गफ गर्ने गफाडी प्रधानमन्त्रीका रूपमा केपी ओलीको गिनिज बुकमा नाम लेखिने भन्दै नेपालले ओलीको भनाइलाई खिसी गर्न पनि भ्याए । ‘ओलीले प्रधानमन्त्री हुँदा गरेका कामको फेहरिस्त हेर्ने हो भने काम केही छैन, कुरा मात्र हो’, नेपालले भने । 

नेता नेपालले आफूहरूसँग मत मिल्ने जुनसुकै पार्टीसँग एकता हुन सक्ने तर नेकपा एमालेसँग त्यस्तो कुनै संभावना नरहेको ठोकुवासमेत गरे । ‘यसमा जनताले निश्चिन्त भए हुन्छ’, उनले भने ।
 

 

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलवार १४:१९

सर्वाधिक धेरै पढिएको

बिज्ञापन

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • प्रबन्ध सम्पादक :
    ईश्वर अर्याल