Logo

कुमारी बैंक र रोडीयो क्याफे एण्ड बार प्राइभेट लिमिटेडबीच सहकार्य



कुमारी बैंक लिमिटेड र खुसिबू, काठमाडौंस्थित रोडीयो क्याफ एण्ड बार प्राइभेट लिमिटेडबीच आफ्ना ग्राहकवर्गलाई सेवाहरुमा कुमारी बैंकका डेबिट÷क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

कुमारी बैंकका मार्केटिंग प्रमुख श्री नवीन मुनि बज्राचायज्यू र रोडीयो क्याफ एण्ड बार प्राइभेट लिमिटेडका निर्देशक श्री सुचित्रा महर्जनज्यूले हस्ताक्षर गर्नुभएको छ । सो सम्झौता बमोजिम कुमारी बैंकका ग्राहकवर्गले खुसिबस्थित रोेडीयो क्याफ एण्ड बार  प्राइभेट लिमिटेडका विभिन्न आउटलेट तथा खानपिनमा १०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।

जिन्दगीको निरन्तर भागदौडमा थकित तन र मनलाई सक्रियशील राख्न लगायत शारीरिक स्फूर्ति एवं मानसिक उर्जा र सचेतना पूर्णजागरणका लागी विश्राम अत्यावश्यक रहेको छ । सोही कुरालाई मध्यनजर गर्दै, कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्य मार्फत रोडीया क्याफ एण्ड बार प्राइभेट लिमिटेडका विभिन्न सेवाहरुमा बैंकका डेबिट÷क्रेडिट कार्ड ग्राहकवर्गलार्ई  आकर्षक छुटको व्यवस्था गरेको हो ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १७३ एटिएम, ३३ शाखारहित बैंकिङ्ग ईकाई तथा १४ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

कुमारी बैंक

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलवार ०८:४७

सर्वाधिक धेरै पढिएको

बिज्ञापन

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • प्रबन्ध सम्पादक :
    ईश्वर अर्याल