Logo

मुख्यमन्त्री आचार्यले विश्वासको मत लिंदै, सरकार ढल्ने लगभग पक्का- यस्तो छ अंकगणित



काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।

उनले विराटनगरस्थित प्रदेश सभाहलमा बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए ।

शेरधन राईले राजीनामा दिएपछि आचार्य १० भदौमा मुख्यमन्त्री बनेका थिए। एमाले विभाजन भएर १० सांसद एकीकृत समाजवादीतिर लागेपछि उनी अल्पमतमा परेका हुन् ।

प्रदेशसभामा सत्तारूढ एमालेका ४१ सांसद छन्। एकजना सभामुख र एक जना फरार सांसद घटाउँदा उसको मत संख्या ३९ मात्रै हुन्छ । बहुमत नभएकाले उनले विश्वासको मत पाउने सम्भावना कम छ ।

विपक्षी गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका तीन र संघीय लोकतान्त्रिक मञ्चका एक गरी ५० सांसद छन्।

मुख्यमन्त्री आचार्य

प्रकाशित मिति : ७ कार्तिक २०७८, आईतवार ०१:१६

सर्वाधिक धेरै पढिएको

बिज्ञापन

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • प्रबन्ध सम्पादक :
    ईश्वर अर्याल