Logo

माधव नेपालको चिन्ता- ओलीले १० बुँदेको ट्याउँ-ट्याउँ भनेपछि, साथीहरुको हरिबिजोग भयो



काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेमा रहेका मध्यमार्गी नेताहरुलाई अध्यक्ष केपी शर्मा ओलीले हेपेको बताएका छन् ।

शनिबार सिन्धुपाल्चोकमा आयोजना गरिएको एक कार्यक्रमा उनले मध्यमार्गी नेताहरुले ओलीको आदेश मान्दै बसेको बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने ‘आदेशको पालना गर्‍यो भने स्यावास, उ बस्न आदेशको पालना गरेन भने कति ट्याउँ-ट्याउँ गरेको १० बुँदेको भनेर सुन्नुपर्छ । सुन्नु भएको छैन्, १० बुँदेको ट्याउँ-ट्याउँ । अब १० बुदेँ भन्ने साथीहरुको कस्तो हरिबिजोग।’

उनले आफ्नो पार्टीमा महत्वपूर्ण व्यक्तिहरु रहेको भन्दै जनताहरुका माझ आफूहरु रहेको भन्दै ढुक्क रहन आग्रहसमेत गरे ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुंदेलाई कार्यान्वयन गर्न नसक्दा अहिले एमालेमा थप विवाद उत्पन्न भएको छ ।

उपाध्यक्ष भीम रावलले १० बुँदेलाई ओलीले अटेर गरेको भन्दै कार्यदलको संयोजकबाट राजीनामा दिएका छन् ।

माधव नेपाल

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार १२:३९

सर्वाधिक धेरै पढिएको

बिज्ञापन

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • प्रबन्ध सम्पादक :
    ईश्वर अर्याल