Logo

यात्रा गर्दै हुनुहुन्छ ? यस्तो छ आगामी तीन दिनको मौसम अवस्था



हाल नेपालमा असर गर्ने उल्लेखनिय मौसमी प्रणाली रहेको छैन ।

हाल  देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ ,२ र बागमती प्रदेशका एक वा दुई स्थानहरुमा हल्का/फाटफुट वर्षा भईरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ कार्तिक ०६ गते (शनिबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ।देशका थोरै स्थानहरुमा  मेघगर्जन/चट्याङ्ग सहित हल्का  देखि मध्यम  वर्षाको सम्भावना रहेको छ ।  साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती: देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ कार्तिक ०७ गते (आईतबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती: देशभर आंशिक देखि सामान्य बदली रहने छ। बागमती र प्रदेश नं १ का थोरै स्थानहरुमा तथा बाँकी  प्रदेशहरुका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ कार्तिक ० गते (सोमबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती: देशभर आंशिक देखि सामान्य बदली रहने छ।  उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

देशभर आंशिक देखि सामान्य बदली रही देशहका थोरै  स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले कृषिजन्य कार्य गर्दा आवश्यक सावधानी अपनाउनु हुन अनुरोध छ ।

 

मौसम अवस्था

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार ०२:३३

सर्वाधिक धेरै पढिएको

बिज्ञापन

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • प्रबन्ध सम्पादक :
    ईश्वर अर्याल