Logo

एनआरएनएको कार्यकाल ६ महिना थप



लण्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ ।  गैरआवासीय नेपाली संघको शनिवार सम्पन्न बैठकले विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको संघका सचिव गौरीराज जोशीले जानाकारी दिए  ।

कुमार पन्तको अध्यक्षतामा बसेको भरर्चुअल बैठकले  संघको १० औं महाधिवेशन तथा निर्वाचन आगामी ३० नोभेम्ताबरभित्र गर्ने निर्णय गरेको छ ।  

यसअघि संघको महाधिवेशन प्रतिनिधि छनोटको विषयमा विवाद हुँदा परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि मन्त्रालयले संघको निर्वाचन सम्बन्धी सम्पूर्ण प्रकृया रोक्न पत्राचार गरेको थियो ।

मन्त्रालयको पत्रपछि २३ देखी २५ अक्टोवरका लागि तय गरिएको १० औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको थियो ।

बैठकले  महाधिवेशन प्रतिनिधिहरुका विषयमा आएका गुनासा सम्बोधन गर्न संघका पूर्वअध्यक्षहरुसँगको परामर्शमा एक स्वतन्त्र समिति गठन गर्ने निर्णय गरेको छ ।

बैठकमा केन्द्रीय पदाधिकारी, सल्लाहकारसहित करिव १०० भन्दाबढी सदस्यहरुले आआफ्ना भनाई राखेका थिए ।

अध्यक्ष पदको लागि वर्तमान कार्यसमितिका उपाध्यक्षद्धय डा. बद्री केसी, रविना थापा र पूर्वउपाध्यक्ष कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।

संघका महासचिव डा. हेमराज शर्माका अनुसार संघको महाधिवेशनमा पेश हुने वार्षिक तथा आर्थिक प्रतिवेदन समेत संघको विधान अनुसार १ महिना अगावै सार्वजनिक  भइसकेका छन् ।

संघको १० औं महाधिवेशन तथा विश्व सम्मेलनको लागि ६४ देशका ३ हजार ५ सय प्रतिनिधिहरु चयन भइसकेका छन् । संघको विधानअनुरुप यसअघि नै राष्ट्रिय समितिको महाधिवेशनबाट अन्तराष्ट्रिय समन्वय परिषद्को सदस्यहरु चयन भैसकेका छन् भने आगामी निर्वाचनबाट क्षेत्रीय संयोजक सहित ४८ जना पदाधिकारी निर्वाचित हुने छन् ।

एनआरएनए

प्रकाशित मिति : ३१ आश्विन २०७८, आईतवार ०१:३०

सर्वाधिक धेरै पढिएको

बिज्ञापन

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • प्रबन्ध सम्पादक :
    ईश्वर अर्याल