sutra news logo

आइतवार, कार्तिक ७ गते २०७८

images
images

रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलको फराकिलो जित, विश्वकप सम्भावना कायमै

रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलको फराकिलो जित, विश्वकप सम्भावना कायमै

सूत्र न्यूज

२७ आश्विन २०७८
  • 158
    SHARES
  • काठमाडौं - कतार विश्वकप तथा  युरोपियन छनोटमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा पोर्चुगलले लग्सम्बर्गमाथि फराकिलो जित निकालेको छ ।

    images

    मंगलबार राति घरेलु मैदानमा भएको खेलमा पोर्चुगलले लग्सम्बर्गमाथि ५-० को जित निकालेको हो । रोनाल्डोले ह्याट्रिक गर्दा ब्रुनो फर्नाण्डेज र जोआओ पाल्हिन्होले एक एक गोल गरे ।

    खेलको आठौं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । १३औं मिनेटमा पोर्चुगलले अर्को पेनाल्टी पायो । जसलाई रोनाल्डोले नै गोल परिणत गरे । 

    १७औं मिनेटमा फर्नान्डेसले गोल गर्दै टिमलाई ३-० को अग्रता बनाए ।

    पोर्चुगलले ६९औं मिनेटमा जाओओको गोलमा चौथो गोल गर्‍यो । ८७औं मिनेटमा रोनाल्डोले गोल गर्दै ब्यक्तिगत ह्याट्रिक तथा टोलीको लागि पाचौं गोल गरे ।

    रोनाल्डोको यो करियरको ५८औं ह्याट्रिक हो । उनले करियरमा म्यानचेस्टर युनाइटेडबाट एक पटक, रियल मड्रिडबाट ४४ पटक, युभेन्टसबाट ३ पटक र पोर्चुगलबाट १० पटक ह्याट्रिक गरेका छन् । 

    यो जितपछि पोर्चुगलले विश्वकपमा स्थान बनाउने सम्भावना कायमै राखेको छ । उसको ६ खेलमा १६ अंक भएको छ ।

    सोही समूहको अर्को खेलमा सर्वियाले अजरबैजानलाई ३-१ गोलले हरायो । यो जितपछि सर्विया पोर्चुगललाई पछि पार्दे शीर्ष स्थानमा उक्लन सफल भयो ।


    प्रकाशित :आश्विन २७, २०७८ बुधवार - ०७:०९:०८

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.