sutra news logo

आइतवार, कार्तिक ७ गते २०७८

images
images

शिष्टाचार भेट

माधव नेपाल भेटेर फान्सेली राजदूतले भनिन् : दुई देशको सम्बन्धलाई थप सुमधुर बनाउन प्रयत्न गर्छु

माधव नेपाल भेटेर फान्सेली राजदूतले भनिन् : दुई देशको सम्बन्धलाई थप सुमधुर बनाउन प्रयत्न गर्छु

सूत्र न्यूज

२६ आश्विन २०७८
  • 134
    SHARES
  • काठमाडौं - नेपालका लागि फ्रान्सका नवनियुक्त राजदूत गिल्स बोर्बाओले नेपाल र फ्रान्स बीचको सम्बन्धलाई थप बलियो र सुमधुर बनाउन प्रयत्न गर्ने बताएकी छन् ।

    images

    नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं नेपाल-फ्रान्स पार्लियामेन्टरी कमिटीका संयोजक माधवकुमार नेपालसॅगको भेटमा राजदूत बोर्बाओले नेपाल आउन पाउॅदा खुसी लागेको बताउॅदै आफ्नो कार्यकालमा नेपाल र फ्रान्स बीचको सम्बन्धलाई उचाइँमा पुर्‍याउने बताएकी हुन् ।  

    अध्यक्ष नेपालले नवनियुक्त राजदूत बोर्बाओलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिए ।

    भेटका अवसरमा नेपाल-फ्रान्स सम्बन्ध, सहयोग र सहकार्यको इतिहास, वर्तमान र भविष्यका संभावनाका विषयमा कुराकानी भएको समाजवादी पार्टीले जनाएको छ ।


    प्रकाशित :आश्विन २६, २०७८ मंगलवार - २२:०३:४८

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.