sutra news logo

आइतवार, कार्तिक ७ गते २०७८

images
images

राष्ट्रपति भण्डारीले किन गरिन् आफ्नो सचिवालय हेरफेर

राष्ट्रपति भण्डारीले किन गरिन् आफ्नो सचिवालय हेरफेर

सूत्र न्यूज

२६ आश्विन २०७८
  • 272
    SHARES
  • राष्ट्रपति भण्डारीले किन गरिन् आफ्नो सचिवालय हेरफेर

    राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सचिवालय हेरफेर गरेकी छन् । नौ महिना पहिला नै अवकाश लिएका राष्ट्रपतिका सुरक्षा सल्लाहकार नेत्रबहादुर थापालाई उनले पुनः नियुक्ति गरेकी हुन् ।

    images

    त्यस्तै नौ महिना पहिला हटाइएका भाषा तथा संस्कृतिविद माधव शर्मालाई पनि पुनः नियुक्ति गरिएको छ ।

    उपसचिव हिरामणि आचार्यलाई भने बिदाइ गरिएको स्रोतले जनायो । त्यस्तै राष्ट्रपतिको स्वकीय सचिवालयकी दीपा शर्मालाई पनि हटाएर उनको ठाउँमा कसैलाई ल्याउने तयारी रहेको छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएपछि राष्ट्रपति कार्यालयले आफ्नो सचिवालय हेरफेर गर्नुलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।

     


    प्रकाशित :आश्विन २६, २०७८ मंगलवार - १४:३५:२९

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.