sutra news logo

आइतवार, कार्तिक ७ गते २०७८

images
images

भियाग्राका कारण श्रीमती  गर्भवती नभएपछि यी पुरुषले मागे सहयोग

भियाग्राका कारण श्रीमती  गर्भवती नभएपछि यी पुरुषले मागे सहयोग

सूत्र न्यूज

२२ आश्विन २०७८
  • 736
    SHARES
  • भियाग्राका कारण श्रीमती  गर्भवती नभएपछि यी पुरुषले मागे सहयोग

    भियाग्राको प्रयोग गरेर बच्चा नभएको भन्दै एक व्यक्तिले दुख व्यक्त गरेका छन् । निरन्तर रुपमा भियाग्रा प्रयोग गरेका कारण बच्चा हुन नसकेको भन्दै उनले सहयोगसमेत मागेका छन् ।

    images

     उमेर ५० वर्ष बताउने ती व्यक्तिले भियाग्राको प्रयोग गरेकाले श्रीमती  गर्भवती नभएको गुनासो गरेका छन् ।

    ती व्यक्तिले लेखेका छन्, ‘हामीले विवाह गरेको १० वर्ष बितिसक्यो । म ५० वर्षको भएँ र मेरी पत्नी ३९ वर्षकी भइन् । म ‘इरेक्सन डिसफङ्सन’को कारणले भियाग्राको प्रयोग गर्छु । हामी पछिल्ला धेरै वर्षदेखि निरन्तर आमा–बुबा बन्ने कोसिस गरिरहेका छौं । तर, हाम्रो त्यो इच्छा पूरा भइरहेको छैन ।’

    त्यो समस्याप्रति एक जनाले लेखेका छन्– ‘डाक्टरको सल्लाहमा नै तपाईले भियाग्राको प्रयोग गर्नुभएको होला । यदि होइन भने यसबारे तुरुन्तै डाक्टरसँग सल्लाह गर्नुहोस् ।

    होला । यदि होइन भने यसबारे तुरुन्तै डाक्टरसँग सल्लाह गर्नुहोस् ।

    धेरैजसोलाई टाउको दुख्ने, तातो अनुभव हुने, नाक रसिलो हुने, आँखा धमिलो हुने, उज्यालोमा हेर्न कठिनाइ हुने, कतिपयले सबै कुरा नीलो देख्नेजस्ता साइड इफेक्ट हुन्छन् ।

    बिरलैलाई मात्र यौनांग निरन्तर रूपमा उत्तेजित भइरहने, रक्तचाप स्वाट्टै घट्ने, हृदयाघात हुने, मस्तिष्कघात हुने, एक्कासि कान नसुन्ने हुन्छ ।

    उच्च रक्तचापको औषधि सेवन गरिरहेका तथा एचआईभीको औषधि सेवन गरिरहेकाले भियग्रा खानु हुँदैन 


    प्रकाशित :आश्विन २२, २०७८ शुक्रवार - १२:११:०१

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.