sutra news logo

आइतवार, कार्तिक ७ गते २०७८

images
images

दशैँ मनाउन भारतबाट खसी-बोका तस्करी

दशैँ मनाउन भारतबाट खसी-बोका तस्करी

सुत्र न्यूज

२१ आश्विन २०७८
  • 213
    SHARES
  • दार्चुला- नेपालीहरूको महान् पर्व दशैँका बेला दार्चुलामा भारतीय सीमाबाट खसी-बोका तस्करी हुने गरेको पाइएको छ । भारतसँग महाकाली नदीले सीमा छुट्याएको सुदूरपश्चिमको दार्चुलामा सीमा नदी महाकाली तस्करहरूका लागि खसी-बोका तार्ने स्थान बनेको छ ।

    images

    दार्चुला सदरमुकाम खलंगा नजिकै महाकाली नगरपालिका-१ सल्लेबगरमा महाकाली नदीबाट बुधबार राति ११ बजेतिर भेडा तार्ने क्रममा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी माधव विश्वकर्माले बताए ।

    दशैँमा बलिका लागि भारतबाट ल्याउन लागिका नौवटा भेडाहरू सीमा पुलबाट ल्याउन नपाइने भएपछि नदीबाट अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

    राति महाकाली नदीबाट भेडा तस्करी भइरहेको खबर पाएपछि प्रहरी निरीक्षक विश्वकर्मा नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको थियो । राति नौवटै भेडाको सिङ बाँधेर तार्न खोज्दा पानीमा डुबेर भेडाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    भेडा तार्ने कार्यमा संलनलाई नियन्त्रणमा दिएर सोधपुछपछि छाडिएको उनले बताए । मरेका भेडालाई सरोकारवालाको रोहवरमा गाडिएको उनले बताए ।


    प्रकाशित :आश्विन २१, २०७८ बिहिवार - २०:४३:३४

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.