sutra news logo

आइतवार, कार्तिक ७ गते २०७८

images
images

बीमित परिवारलाई एसियन लाइफ इन्स्योरेन्सले दियो बीमांक रकम

बीमित परिवारलाई एसियन लाइफ इन्स्योरेन्सले दियो बीमांक रकम

सुत्र न्यूज

२१ आश्विन २०७८
  • 249
    SHARES
  • खोटाङ- एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड उपशाखा कार्यालय खोटाङले मृतक बीमित परिवारलाई बीमांक रकम प्रदान गरेको छ ।

    images

    सुखी जीवन बीमा आयोजनाअन्तर्गत २९ असार २०७४ मा बीमा गरेकी दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका माटिकोरेकी अनु थापा मगरको परिवारलाई कम्पनीले घरैमा पुगेर मुत्यु दाबी भुक्तानी दिएको हो ।

    नगरपालिकाका मेयर दीपनारायण रिजालले मृतक बीमितका बुबा मोहनबहादुर थापा मगर र आमा एकमाया थापा मगरलाई बीमाबापतको तीन लाख ७८ हजार २४४ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

    तीन लाख एक हजार रुपेयाँको बीमा गरेकी थापमा मगरको परिवारलाई ७७ हजार २४४ रुपैयाँ बोनससहित बीमांक रकम प्रदान गरिएको एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड उपशाखाका प्रमुख किरणजित राईले बताए ।

    मृतक थापा मगरले १५ हजार ९७५ रुपैयाँ बराबरको चार किस्ता बुझाइसकेकी थिइन् । दिक्तेल इङ्लिस बोर्डिङ स्कुलकी शिक्षिका थापा मगरको २३ माघ २०७७ मा मृत्यु भएको थियो । 


    प्रकाशित :आश्विन २१, २०७८ बिहिवार - १८:५३:४३

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.