sutra news logo

आइतवार, कार्तिक ७ गते २०७८

images
images

विहानै शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

विहानै शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

सुत्र न्यूज

२१ आश्विन २०७८
  • 258
    SHARES
  • पाकिस्तान- पाकिस्तानमा शक्तिशाली भूकम्प जाँदा १८ जनाको ज्यान गएको छ । बिहीबार बिहानै बलुचिस्तान प्रान्त केन्द्रविन्दु भएर भूकम्प गएको स्थानीय अधिकारीले बताएका छन् ।

    images

    उद्धारकर्मीहरुले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन् । सामाजिक सञ्जालमा पोस्ट भएका तस्बिर तथा भिडियोमा क्वेटा शहरमा मानिसहरु सडकमा निस्किएको देखिएको छ ।

    ५.७ रेक्टर स्केलको भूकम्प गएको प्रारम्भिक तथ्यांक छ । भूकम्पका कारण भत्किएको भवनमा च्यापिएर मानिसहरुको ज्यान गएको हो ।

    भूकम्पमा परी अरु ५० जना भन्दा बढी घाइते भएको जिओ टेलिभिजनले जनाएको छ ।


    प्रकाशित :आश्विन २१, २०७८ बिहिवार - ०८:०६:२१

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.