sutra news logo

आइतवार, कार्तिक ७ गते २०७८

images
images

उपचाररत बालिकाको मृत्युपछि पाँचथर अस्पताल तनावग्रस्त, प्रहरीले लाठीचार्ज गर्‍यो

उपचाररत बालिकाको मृत्युपछि पाँचथर अस्पताल तनावग्रस्त, प्रहरीले लाठीचार्ज गर्‍यो

सुत्र न्यूज

२१ आश्विन २०७८
  • 140
    SHARES
  • उपचाररत बालिकाको मृत्युपछि पाँचथर अस्पताल तनावग्रस्त, प्रहरीले लाठीचार्ज गर्‍यो

    पाँचथर- उपचारका क्रममा बालिकाको मृत्यु भएको घटनाले जिल्ला अस्पताल तनावग्रस्त भएको छ ।

    images

    स्वास्थ्यकर्मीको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै आक्रोशित बनेको भीडले अस्पतालमा ढुङ्गामुढा गरेको छ ।

    स्वास्थ्यकर्मीकै कारण बालिकाको अनाहकमा ज्यान गएको बताउँदै पीडित पक्षले बुधबार साँझ अस्पतालमा ढुङ्गामुढा गरेको हो ।

    ढुङ्गामुढा प्रहारबाट जिल्ला अस्पतालमा क्षति पुगेको छ । 

    ढुङ्गामुढाबाट जोगाउन प्रहरीले अस्पताल क्षेत्रमा लाठीचार्ज गरेको छ । अस्पताल क्षेत्रमा निकै ठूलो भीड लागेको छ । समस्या समाधानका लागि बिहानदेखि नै निरन्तर संवाद हुँदै आएको भए पनि निष्कर्षमा पुग्न सकिएको छैन ।

    उपचारका क्रममा पाँचथरको फालेलुङ गाउँपालिका–८ घर भई फिदिम–२ पल्लोटार बस्दै आएका कमल थाम्सुहाङकी तीन वर्षीया छोरी कृष्टिनाको आज बिहान मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको हो ।


    प्रकाशित :आश्विन २१, २०७८ बिहिवार - ०७:२८:०७

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.