Logo

रसायनशास्त्रतर्फको नोबेल पुरस्कार लिस्ट र म्याकमिलानलाई



काठमाडौं- यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार बेन्जामिन लिस्ट र डेभिड डब्ल्यूसी म्याकमिलानलाई प्रदान गरिने भएको छ । जर्मनीका बेन्जामिन लिस्ट र बेलायतका डेभिड डब्ल्यूसी म्याकमिलानलाई संयुक्त रूपमा पुरस्कार प्रदान गर्न लागिएको हो ।

बुधबार रोयल स्विडिस एकेडेमीले लिस्ट र म्याकमिलानलाई संयुक्त रूपमा पुरस्कार प्रदान गरिएको घोषणा गरेको छ ।

नयाँ औषधिको खोज गर्न सहायता गर्ने अणुहरूको निर्माणका लागि आवश्यक पर्यावरणमैत्री उपकरण बनाएकामा जर्मनी र बेलायतका यी दुई वैज्ञानिकलाई सो पुरस्कार प्रदान गरिँदै छ।

यस खोजले औषधि क्षेत्रमा अनुसन्धानका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यसअघि चिकित्साशास्त्रतर्फको पुरस्कार दुई अमेरिकी वैज्ञानिक डेभिड जुलियस र आर्डेम पटापौटियन तथा भौतिकशास्त्रतर्फको पुरस्कार स्युकुरो मानाबे, क्लाउज हसलम्यान र जर्जियो पारिसीलाई प्रदान गरिएको छ ।

नोबेल पुरस्कार

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार १३:३७

सर्वाधिक धेरै पढिएको

बिज्ञापन

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • प्रबन्ध सम्पादक :
    ईश्वर अर्याल