Logo

नेपाली राजनीतिमा प्रगतिवाद, महेन्द्रीयवाद र अहिलेको एमसीसी



‘प्रगति’ को सामान्य अर्थ ‘अगाडि बढ्नु’ र ‘वाद’ को अर्थ ‘सिद्धान्त’ हो  । यस प्रकार प्रगतिवादको सरल अर्थ ‘प्रगतिको सिद्धान्त’ हो  । तर प्रगतिवादको अगाडि बढ्ने एक विशेष तरीका छ, एक विशेष दिशा छ जसले यसलाई एक विशिष्ट परिभाषा दिन्छ  । यस अर्थमा ‘प्राचीन देखि नयाँ’, ‘आदर्शबाट वास्तविकता’, ‘पूँजीवादबाट समाजवाद’, ‘रूढीवाद बाट मुक्त जीवन’, ‘उच्च वर्ग देखि तल्लो वर्ग’ र ‘शान्तिबाट क्रान्ति’ प्रगतिवाद प्रगति हो  । तर नेपाली राजनीतिमा, प्रगतिवाद एक विशेष अर्थमा संलग्न भएको छ । नेपाली वामपन्थी राजनीतिक व्यक्तिहरूले प्रगतिवादलाई मार्क्सको एक महान दर्शनको रूपमा मान्दै आए । प्रगतिशीलता वा प्रगतिवाद विचार वा सिद्धान्तको त्यो रूपललाई भनियो जसमा उन्नति नै यसको एक मात्र आधार बन्यो । राजनीतिमा कम्युनिज्म, दर्शनमा द्वन्द्वात्मक भौतिकवाद, जुन साहित्यमा प्रगतिवाद छ, त्यही विचारधारा नै प्रगतिवाद हो । यो प्रगतिवाद जस्ललाई ‘समाजवादी यथार्थवाद’ पनि भनिन्छ । 

तात्कालिक समयमा राजा महेन्द्रले अपनाएको त्यो आफ्नै महेन्द्रीयवाद पनि प्रगतिवाद नै थियो किनकि महेन्द्रकै पालामा नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गर्यो । चीन लगायत त्यो बेलामा सोभियत संघ, पूर्वेली युरोपेली मुलुकहरू, बर्मा, इन्डोनेसिया, पाकिस्तान, इजरायलसँग नेपालको दौत्य सम्बन्ध स्थापना भयो  ।

शीतयुद्ध चर्किएको बेलामा नेपाल असंलग्न आन्दोलनको सक्रिय सदस्य भयो  । नेपाल राष्ट्र बैंकको स्थापना, देशभरि नेपाली मुद्राको प्रचलन, योजनाबद्ध विकास प्रक्रियाको थालनी, पूर्व–पश्चिम राजमार्गको अवधारणा र काम संचालन, जलविद्युत् तथा सिँचाई आयोजनाको निरन्तर विकास विस्तार, भूमिसुधार लागु गराइ आधुनिक कृषि पद्धतिको सुरुवात, प्रशासन, शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधार तथा विस्तार, देशभरि शिक्षाको माध्यमबाट नेपाली भाषा निर्धारण, नयाँ मुलकी ऐन निर्माण, राष्ट्रिय चिह्न तथा राष्ट्रिय विभूति घोषणा जस्ता सयौं त्यस्ता  काम भए जस्का कारण नेपाल आधुनिक युगमा प्रवेश गर्यो । 

प्रगतिशीलता जीवनको एक संकेत हो र जडता मृत्युको एक संकेत हो । राष्ट्र र समाज जो प्रगतिको पक्षमा छन् र आफ्नो नैतिकतामा यसलाई लागू गर्दछन्, उनीहरू संसारको अग्रणीमा रहन्छन् । अन्य समाज र राष्ट्रहरूमा उनीहरूको प्रभाव रहन्छ । यस्ता प्रभावशाली राष्ट्रहरू र समाजहरूबाट मानिसहरू संसारको हरेक कुनामा सम्मानित छन् ।

राजा महेन्द्रले आफ्नो छोटो जिन्दगीमा राष्ट्रका लागि जति गरे त्यही प्रगतिको जगमा उभिएर अहिलेका प्रगतिवादीहरू आफूलाइ प्रगतिवादका कट्टर हिमायती भन्छन् । राजा महेन्द्रको गुणका बारेमा र योगदानका बारेमा चर्चा गर्नेलाइ अहिले पश्चगामी भन्छन्  । गाँस बास र कपासबिनाको शब्दको प्रगतिशीलता मात्रै के काम ? शब्दको प्रगतिशीलताले हावामा उचालिएको छ नेपाली वामपन्थीहरूको राजनीति  ।

समाजवादी चिन्तन त त्यो हो जो जनताको जीवन रक्षा र जनताको प्रगतिका लागि काम गर्छ । कुरा प्रगतिशीलताको गर्ने काम चै भ्रष्टाचार गर्ने नेपाली राजनीतिज्ञहरूको विचार साच्चै असुन्दर छ  । राजनीतिको सौन्दर्य भनेको इमान्दारीता र जनप्रगती हो । नेपाली राजनीतिमा महेन्द्रवाद कार्लमाक्सको बैज्ञानिक समाजवाद भन्दा कम थिएन र कम छैन । समाज र व्यक्तिको चिन्तन  कहिले पनि पस्चगामी हुँदैन किनभने हरेक व्यक्ति त्यही प्रगतिशील समाजको एक अभिन्न अङ्ग हो  । 

प्रगतिशीलता जीवनको एक संकेत हो र जडता मृत्युको एक संकेत हो । राष्ट्र र समाज जो प्रगतिको पक्षमा छन् र आफ्नो नैतिकतामा यसलाई लागू गर्दछन्, उनीहरू संसारको अग्रणीमा रहन्छन् । अन्य समाज र राष्ट्रहरूमा उनीहरूको प्रभाव रहन्छ । यस्ता प्रभावशाली राष्ट्रहरू र समाजहरूबाट मानिसहरू संसारको हरेक कुनामा सम्मानित छन् । प्रगतिशील राष्ट्रहरूको सभ्यता-संस्कृति मात्र संसारमा फैलिन्छ र इतिहासका अक्षरहरूबाट पृथ्वीको छाती सम्म पुग्छ , प्रगतिशील राष्ट्रहरू र समाज चिरञ्जीवी बनेर अनन्तकालसम्मका लागि  अमिट रहन्छन् ।

५९ अरबमा अमेरिकलाई  एमसीसी का नाउँमा  देशको सार्वभौकिता नै बन्दगी राख्ने नेताहरू प्रगतिवादी कि नेपालबाट भारतीय सैन्य शक्ति खेद्ने राजा प्रगतिवादी ? पुर्व पश्चिम राजमार्ग निर्माण गर्ने व्यक्ति प्रगतिशील कि त्यही राजमार्गमा देशलाई ऋणमा डुबाएर प्राडो चढेर हिड्ने प्रगतिशील ?

युरोपेली अमेरिकी पुर्वेली देशहरू माझ नेपाल र नेपालीलाई चिनाउने कामको श्रेय राजा महेन्द्रलाई नै जान्छ । अर्थतन्त्रको सुधार, राजमार्ग तथा सडक निर्माण, कुटनैतिक अभियान, राष्ट्रवादको सम्बर्द्धन, सामाजिक सुधार, नयाँ मुलुकी एेन, भूमिसुधार कार्यक्रम, नेपाल भूमिबाट भारतीय सेना फिर्ता जस्ता महत्वपूर्ण सुधार गर्ने व्यक्तिलाई निरंकुश राजा भन्छन् अहिलेका प्रगतिशील नेताहरू ।

५९ अरबमा अमेरिकलाई  एमसीसी का नाउँमा  देशको सार्वभौकिता नै बन्दगी राख्ने नेताहरू प्रगतिवादी कि नेपालबाट भारतीय सैन्य शक्ति खेद्ने राजा प्रगतिवादी ? पुर्व पश्चिम राजमार्ग निर्माण गर्ने व्यक्ति प्रगतिशील कि त्यही राजमार्गमा देशलाई ऋणमा डुबाएर प्राडो चढेर हिड्ने प्रगतिशील ? २०२८ सालमा नेपाल तिब्बत सिमानामा भारतीय सरकारले आफ्नो देशको सुरक्षाको लागि भारतीय सैनिक राखेको थियो । महेन्द्रले यो मुद्दालाई म अन्तर्राष्ट्रियकरण गर्छु भनेपछि भारतीय तात्कालीक शासक डराए र नेपालबाट सधैंका निम्ति उनीहरू हटे ।

अहिले अमेरिकी सरकारसँग घुस खाएर एमसीसी पास गराउन लागि परेका छन नेपालका कथित प्रगतिशील राष्ट्रघाती नेपाली नेताहरू । को हो प्रगतिशील ? के यो उदाहरणले स्पष्ट पारेन र ? त्यतिबेलाको नेपाल त्यतिबेलाको विकास र प्रगति जतिबेला विश्व नै विकासको चरणमा क्रमशः अगाडि बढिरहेको थियो । विश्व अहिलेको जस्तो अत्याधुनिक थिएन । सञ्चार थिएन । शिक्षा र विज्ञानले उन्नति नगरेको बेलामा नेपाली जनतालाई आधुनिक युगमा लैजाने व्यक्ति राजा महेन्द्र कति प्रगतिशील थिए हामी आफैं विचार गरौँ । 

संसारमा सायद कुनै राष्ट्र र समाज छ, जो अनन्त जीवन र त्यस भूमिमा आफ्नो सभ्यता र संस्कृतिको प्रसार चाहँदैनन् । हामी नेपाली भाग्यमानी हौ जहाँ युद्धको छिटा कहिले परेन । पहिलो र दोस्रो विश्वयुद्दको बाछिटोले संसारका सबै राष्ट्र अक्रान्त भए पनि हामी त्यस्ता प्रलयकारी युद्धमा होमिन परेन र कसैको पनि साम्राज्यवादको थुक नेपालमा परेन । हामी अनन्त कालदेखि पवित्र रहदै आयौ र यो भाग्य कसैले पाउँदैनन् ।

जो यो सौभाग्य पाउँछन्, यो नेपाल भूमि उही समाज र राष्ट्र हो, हामी हिजो देखि नै प्रगतिशील छौं । अनि अहिले चाहिँ विदेशीसँग भिखको कचौरी थाप्ने अनि त्यही भिखमा पनि कमिसन खाने नेताहरू कसरी प्रगतिशील भए ? आधुनिकताको नाउँमा नाङ्गिनु प्रगतिशीलता होइन, समृद्धि र सम्झौताको नाउँमा विदेशीको तलुवा चाट्नु प्रगतिशीलता होइन । सत्ताको नाउँमा सधैं पार्टी झगडा र लुटको राजनीति गर्नु प्रगतिशीलता होइन । राज्य सत्ता,पद, कुर्सी,पावर र पार्टी निर्माणका  नाउँमा सत्र हजार नेपाली मार्नु प्रगतिशीलता थिएन र होइन  । यो कुकृत्य कार्यलाई कहिले पनि इतिहासले राम्रो भन्ने छैन । त्यसपछिको राज्यले प्रगतिको छलाङ मारेको भए पनि केही चित्त बुझाउने बाटो हुने थियो । हामी झनै पतनोन्मुख भयौ । एकजुट हुन सकेनौं । विचारमा मात्रै लोकतान्त्रिक , प्रगतिशीलता र आधुनिक भएर के हुन्छ खै ?

महिन्द्रीय विचारलाई , महिन्द्रीय विकासलाई सडे-गलेको पुरानो परम्पराको दर्शन भन्नेहरूले नै आज नेपाललाई बन्धक  बनाउँदै छन । हाम्रो स्वाभिमानको दियो निभाउने प्रयास गर्दैछन । हामीले देखेको हामीले भोगेको हामीले महसुस गरेको हिजोको नेपाल आज छैन । मानिस जति बुढो हुन्छ उस्को शरीर र मस्तिष्क गल्छ कम्जोर हुन्छ तर देश जति पुरानो  हुँदै जान्छ त्यति नै नयाँ शरीरमा परिवर्तन हुँदै जान्छ । देशलाई यो ढंगले सम्पोषण गर्ने काम नै प्रगतिशीलता हो । व्यवस्थित ढंगले देशलाई अगाडि लैजाने  परिपक्व चेतना अहिलेको प्रगतिशील नेतामा पाइँदैन  ।

संसारको प्रगतिशील राष्ट्रहरूसँग बराबर हुन, उनीहरूबाट समान व्यवहार पाउन र हाम्रो राष्ट्रिय स्वाभिमान सुरक्षित गर्न यो जरूरी छ कि हामी हाम्रो व्यक्तिगत र सामाजिक कमजोरीहरूलाई हटाउन र आफैंमा वास्तविक प्रगतिको गुणस्तरको विकास गर्न हामी आफैं जागृत हुनुपर्छ ।

हामी अरुको प्रभावबाट मुक्त हुनुपर्छ, आफैंमा वृद्धि र विकासका लागि परिस्थितिहरू बनाउनुपर्छ जन्माउनुपर्छ र यस्तो आदर्श जीवन बिताउनुपर्छ, जो आउने पुस्ताले हामीलाई सम्झिरहुन । महेन्द्र पथ खराब थियो भने के हामी आज यो धरातलमा उभिएर आत्मसम्मानका साथ बाँच्न सक्थ्यौ त ? जबसम्म यो जडता नेपाली  समाजमा रहन्छ, यो कुनै पनि क्षेत्रमा प्रगति गर्न सक्षम हुनेछैन । हामी स्वतन्त्र छौं भलै हामीलाई छिटो जादुगरी प्रगति चाहिँदैन तर देश अरुको गुलामी भएर बाँच्नुपर्यो भने हाम्रो अस्तित्वको लडाई समाप्त हुन्छ, नेपालीको सम्मानको दियो निभ्छ । विदेशीको कुटिलता हामीले देखेका छौं । हामीलाई कसैको दया मायामा बाच्नु परेको छैन । राजनीतिक स्वतन्त्रता प्राप्त गरेर मात्र समाज र राष्ट्रको प्रगति हुन सक्दैन । राजनीतिक स्वतन्त्रता मात्र प्रगति र विकासको एउटा अवसर हो, जसको उपयोग गरी नेपाली  समाजको प्रगति आफ्नै प्रयासको बलमा गरिनु पर्छ ।

नेपाली  समाज आज विश्वको पिछडिएको समाजहरूमा गनिन्छ र यो ईमानदारीताको कुरा हो कि हाम्रो समाज वास्तवमा एक पिछडिएको समाज हो हामीले अरुको बुइ चढेर मात्रै प्रगति गर्न सक्तैनौ । नेपालीहरूको मुख्य कर्तव्य हो कि उनीहरूको सामाजिक र राष्ट्रिय जीवनबाट यो  गरिबीको कलंक धुनुछ । संसारको प्रगतिशील राष्ट्रहरूसँग बराबर हुनु छ । यो हुन विदेशीसँग सहयोगको भिक्षा मागेर होइन । हामी आफैं उत्पादनमुखी हुनुपर्छ । आयात घटाउँदै जानुपर्छ निर्यात बढाउँदै जानुपर्छ  ।

महेन्द्रीयवादमा किसान र कृषि, उद्योगी र उद्योग, शिक्षा र शिक्षक , साहित्य कला संस्कृति र नेपाली सभ्यताको पुनरोत्थान भएको थियो, यो हो प्रगतिशिलता । संसारको प्रगतिशील राष्ट्रहरूसँग बराबर हुन, उनीहरूबाट समान व्यवहार पाउन र हाम्रो राष्ट्रिय स्वाभिमान सुरक्षित गर्न यो जरूरी छ कि हामी हाम्रो व्यक्तिगत र सामाजिक कमजोरीहरूलाई हटाउन र आफैंमा वास्तविक प्रगतिको गुणस्तरको विकास गर्न हामी आफैं जागृत हुनुपर्छ  ।

प्रगति आफैंमा स्वतन्त्र सोचको विकास बिना हासिल गर्न सकिदैन । परम्पराहरू, रीतिरिवाजहरूलाई छोडेर र पुरानो रीतिरिवाजहरू, नीतिहरू र राम्रा परम्पराहरूबाट प्रेरित भएर हामी अझै नयाँ युगको त्यो इन्द्रेणीसम्म पुग्न सक्छौ । कुनै पनि विधि नीतिको स्वतन्त्र सोचसँग आफूलाइ खोजौं अनि त्यहीबाट नै संभावनाको नयाँ आकाश पनि खुल्छ । पुरानोको नाउँमा आफैंलाइ जन्माउने बाबुआमा पनि त बुढा हुन्छन् के तिन्लाइ बुढो भए भन्दै फ्याँक्ने हो र ? हामीले जुन धरातललाई आफ्नो जीवनको आदि भूमि बनायौं यस्को सुरक्षा र यस्को पक्ष पोषण नै हाम्रो प्रगतिशीलता हो । त्यो नै प्रगतिशीलता हो जस्ले हाम्रो जीवन बाँच्नका लागि सहजीकरणको भूमिका निर्वाह गर्छ । प्रगतिशीलता यो हो कि हामीले कुनै परम्परा वा नीति पुरातनता वा पुरातनताको आधारमा अपनाउनु हुँदैन, तर यसको उपयोगिताको आधारमा । 

राजनीतिक स्वतन्त्रता पाँउदैमा राज्यले प्रगति गर्ने होईन  । त्यो त अधिकारको सुनिश्चितता मात्रै हो । कार्य बिनाको अधिकार पाएर मात्रै के हुन्छ ? कसैलाई राजा हुने अधिकार त दिइयो तर भूमि नभएको खण्डमा त्यो अधिकार को के काम ? स्वतन्त्रता र समृद्धि एक अर्काको परिपुरक हुन सकेको खण्डमा मात्रै देशको अस्मिता जिवित रहन सक्छ ।

आज, यदि नेपाली  समाजलाई प्रगति गर्नुछ, एक बलियो र समृद्ध राष्ट्र बन्नुछ, अरुको प्रभाव र निर्भरताबाट मुक्त हुनुछ भने, आफ्नो स्वतन्त्र अस्तित्व प्राप्त गर्नको लागि, विश्वको अन्य उन्नत राष्ट्रहरूसँग बराबरमा आफ्नो सम्मानजनक स्थान बनाउन, आत्मनिर्भरता अपनाई परनिर्भरतालाइ बाल्नुपर्छ । ती दुष्टहरू जो बाटोमा चट्टान हुन् त्याग्नु पर्छ । सहयोगका नाउँमा राजनीतिक हस्तक्षेप हामीलाई कहिल्यै मान्य हुने छैन । हामी दुई विशाल देशको चेपुवामा छौं । चीन र अमेरिकाबीच युद्धको स्थिति छ । खास गरेर हाम्रो भूमिलाई अमेरिकाले आफ्नो स्वार्थमा उपयोग गर्न योजना बुन्दै छ । नेपालीको छातीमा बन्दुक राखेर चीनलाई निशाना बनाउँदै छ अमेरिकाले । त्यसैले पनि एमसीसी हामीले कुनै पनि हालतमा स्वीकार गर्नुहुन्न । हाम्रो निम्ति होइन यो सहयोग  । यो त नेपाललाई रणभूमि बनाउने योजनाको एउटा प्रयत्न मात्रै हो ।

हामीले हाम्रो देशको आदिम अतीतको यात्रा पनि गर्नुपर्छ, र हाम्रो समाजको नयाँ निर्माणको लागि, हामी ती वैदिक युग परम्परा र रीतिरिवाज नीतिहरूलाई ल्याउनुपर्छ, जुन आजको समयको आवश्यकता पूरा गर्न र एक उज्यालो सिर्जना गर्न सामाजिक भविष्यका लागि पनि उपयोगी हुन सक्छ । यो अतीतको समयका लागि  हाम्रा पुर्खाले लडेर जितेका हाम्रा भूमिको रक्षाका लागि फेरि पनि हामी बलिबेदीमा होमिनपर्ने दिन आउन सक्छ त्यसका लागि तयारीमा बसौं । राजनीतिक स्वतन्त्रता पाँउदैमा राज्यले प्रगति गर्ने होईन  । त्यो त अधिकारको सुनिश्चितता मात्रै हो । कार्य बिनाको अधिकार पाएर मात्रै के हुन्छ ? कसैलाई राजा हुने अधिकार त दिइयो तर भूमि नभएको खण्डमा त्यो अधिकार को के काम ? स्वतन्त्रता र समृद्धि एक अर्काको परिपुरक हुन सकेको खण्डमा मात्रै देशको अस्मिता जिवित रहन सक्छ ।

प्रगतिशील बन्न, यो पनि यसको सही अर्थ बुझ्न आवश्यक छ । किनकि आज धेरै दुष्ट प्रवृत्तिहरूलाई यसको नाम मा आश्रय दिइन्छ । आज मानिसहरू आदर्शवाद छोडेर गुप्तवाद र सरलीकृत कोमलता त्यागेर प्रदर्शनवादलाई प्रगतिशील मान्न थालेका छन् । मनमनै जीवन बिताउनु र कुनै साझा सामाजिक अनुशासनको पालना नगर्नुलाई पनि प्रगतिको संकेत मानिन्छ । जबकि यो प्रगतिशीलता हैन, वास्तविक प्रगति यसलाई भनिन्छ कि सक्रिय विवेक बुद्धि, जसले मानिसलाई प्रेरणा र शक्ति अगाडि  हेर्न र प्रगतिको सही बाटोमा अगाडी बढ्न सक्छ ।

मानिसहरू जो आफ्नो हरेक व्यवहारको राम्रो र नराम्रो नतिजाहरूलाई ध्यानमा राख्छन्, जो उनीहरू के गर्न चाहन्छन्, उनीहरू के गर्दैछन्, उनीहरू के गरिरहेका छन् र उनीहरूका फाइदाहरू के हुन् मानिसको मुहारमा खुसी थपिदिने मानिस मात्रै प्रगतिशील हुन । भ्रष्ट राजनीति गरेर देशका नाउँमा परिवार धनी बनाउने नेताहरू कसरी प्रगतिशील हुन ?

 

एमसीसी प्रगतिवाद महेन्द्रीयवाद

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार १४:४९

सर्वाधिक धेरै पढिएको

बिज्ञापन

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • प्रबन्ध सम्पादक :
    ईश्वर अर्याल