Logo

२३ वर्ष पढाएकी आचार्य बनिन् पाल्पाका पालिकामा कांग्रेसकी एक्ली सभापति



नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा पाल्पामा एक पालिकामा महिला नेतृत्व आएको छ।

पूर्वखोला गाउँपालिकाको सभापतिमा विष्णुकुमारी आचार्य चयन भएकी हुन्।

१० पालिकामध्ये नौ पालिकामा निर्वाचन भइसकेको छ। नौ पालिकामध्ये आठ पालिकाको सभापतिमा पुरुष निर्वाचित छन्।

असोज ९ गते भएको पालिका अधिवेशनले सर्वसम्मतरूपमा आचार्यले सभापतिको नेतृत्व पाएकी हुन्।

सभापतिमा पुरुष उम्मेदवार आकाङ्क्षी नभएका भने होइनन् तर नेतृत्व पङ्क्तिले गाउँपालिकामा सभापतिको जिम्मेवारी उनलाई सुम्पेका छन्।

परिवारको साथ सहयोग र पार्टीका नेता कार्यकर्ताको सहमतिमा पाएको जिम्मेवारीलाई पूरा गर्ने उनको अठोट छ।

‘महिलालाई पार्टीमा चलायमान बनाउने र वडा तहदेखि माथिल्लो निकायसम्म नेतृत्व गर्नसक्ने गरी महिलालाई सशक्त बनाउनेछु, गाउँगाउँका महिलाको समस्यालाई बुझेर पार्टीमार्फत उनीहरुका हक अधिकारका निम्ति सदैव लड्नेछु,’ उनले भनिन्।

यसअघि पेशाले उनी प्रावि तहको स्थायी शिक्षक थिइन्। शिक्षण कार्यबाट अवकास लिई वडा तहदेखि नै उनी पार्टीमा काम गर्दै आएकी थिइन्।

‘शिक्षण पेशाका क्रममा बुद्ध माविमा कालिका प्राविबाट दरबन्दीसहित सरुवा भएर जाँदा छ महिना मलाई मेरो परिवार कांग्रेसमा आस्थावान् भएकै कारण हाजिर गर्न दिइएन, हाजिरबिना तीन महिना नियमित विद्यालय गएर पढाएँ, त्यसपछि प्रअले कक्षामा पढाउन नजानू भनेर निर्देशन दिएपछि म घरमै बसेँ, केही समयपछि पुनः सरस्वती मावि जल्पा सरुवा भई शिक्षण गर्न थालेँ’, उनले भनिन्।

शिक्षण पेशाका क्रममा घरपरिवार, आफन्त कांग्रेस पार्टीसँग जोडिएकाले धेरै चुनौती सामना गर्नुपरेको उनको भनाइ थियो। करिव २३ वर्षसम्म शिक्षण पेशामा अनुभव लिएकी उनी अवकाश प्राप्त भएपछि खुलेर कांग्रेसमा राजनीति गर्न थालेकी थिइन्। 

यसअघि पूर्वखोला गाउँपालिका–३ को कार्यवाहक सभापति भएर काम गरेकी उनी ट्रेड युनियन कांग्रेस पूर्वखोलाको उपसभापति पनि छिन्।

साथै पाल्पाको ८१ वडामध्ये एक वडामा मात्र सभापति पदमा महिला नेतृत्वले स्थान पाएको छ। बगनासकाली गाउँपालिका–२ मा गत भदौ २१ गते भएको वडा अधिवेशनमा सीताकुमारी गहिरेले वडा सभापतिमा नेतृत्व हात पार्न सफल भएकी हुन्।

 

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार ०६:११

सर्वाधिक धेरै पढिएको

बिज्ञापन

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • प्रबन्ध सम्पादक :
    ईश्वर अर्याल