sutra news logo

आइतवार, कार्तिक ७ गते २०७८

images
images

गुप्ताङ्गमा लागुऔषध लुकाएर ल्याउँदै गरेका युवक पक्राउ

गुप्ताङ्गमा लागुऔषध लुकाएर ल्याउँदै गरेका युवक पक्राउ

सुत्र न्यूज

३ आश्विन २०७८
  • 198
    SHARES
  • कञ्चनपुर- भारतीय निकटवर्ती बजार वनवसाबाट लागुऔषध ल्याउँदै गरेका युवकलाई सशस्त्र प्रहरीले आज भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट पक्राउ गरेको छ ।

    images

    गुप्ताङ्गमा लागुऔषध लुकाएर ल्याउँदै गरेका दार्चुला जिल्ला महाकाली नगरपालिका–४ खलङ्गा स्थायी घर भई भीमदत्त नगरपालिका–१८ जानकीटोलमा डेरा गरेर बस्ने १८ वर्षका राहुल सोनमलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

    सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्र्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरका अनुसार पक्राउ परेका सोनामको साथबाट वुपफ्रेनोफाइन इन्जेक्सन २९ वटा, डाइजेपाम इन्जेक्सन एक थान र प्रोमेथाजाइन इन्जेक्सन २९ थान बरामद गरेको छ ।

    बरामद लागुऔषधसहित पक्राउ परेका सोनमलाई इलाका प्रहरी कार्यालय गड्डाचौकीमा बुझाइएको छ । सांकेतिक तस्बिर । 


    प्रकाशित :आश्विन ३, २०७८ आइतवार - २०:४८:२०

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.