sutra news logo

आइतवार, कार्तिक ७ गते २०७८

images
images

जिपको ठक्करबाट घाइते भएका एक जनाको मृत्यु

जिपको ठक्करबाट घाइते भएका एक जनाको मृत्यु

सुत्र न्यूज

३ आश्विन २०७८
  • 321
    SHARES
  • बैतडी- बैतडीको पाटन नगरपालिका-६ मा जिपले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका उद्धव जोशीको उपचारका क्रममा आइतबार निधन भएको छ । पाटन नगरपालिका-६ निवासी जोशीको उपचारका क्रममा काठमाडौंमा निधन भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

    images

    गत बुधबार बैतडीको पाटन नगरपालिका-६ बेडौतीमा से१ज ६३४ नम्बरको जिपले मोटरसाइकलमा सवार जोशीलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका जोशीलाई बुधबार जहाज चार्टर गरेर उपचारका लागि नेपालगंज लगिएको थियो । 

    नेपालगंजमा उपचार नभएपछि उनलाई थप उपचारका लागि शनिबार मात्र न्युरो अस्पताल काठमाडौं लगिएको थियो । उपचारकै क्रममा जोशीको आज निधन भएको पारिवारिक स्रोतले जनाएको छ । बुधबार दुर्घटना भएपछि जिप चालक ज्ञानेन्द्र भट्टराईलाई भने प्रहरीले सोही दिन नियन्त्रणमा लिइसकेको छ ।


    प्रकाशित :आश्विन ३, २०७८ आइतवार - २०:३३:५४

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.