sutra news logo

आइतवार, कार्तिक ७ गते २०७८

images
images

ओमानविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

ओमानविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

सूत्र न्यूज

३ आश्विन २०७८
  • 158
    SHARES
  • आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले ओमानविरुद्धको दोस्रो खेलमा टस जितेर बलिङ गर्ने निर्णय गरेको छ ।

    images

    ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला बलिङ रोजेको हो ।

    नेपाली टिममा ओमानविरुद्ध दुई खेलाडी परिवर्तन गरिएको छ । अमेरिकाविरुद्ध डेब्यु गरेका गुल्शन झा र अर्का खेलाडी कुशल मल्ललाई बाहिर राखिएको छ । उनीहरूको स्थानमा शरद भेषवाकर र आरिफ शेखले स्थान बनाएका छन् ।

    नेपालले अमेरिकालाई पहिलो खेलमा पराजित गरेको थियो भने ओमानसँग दोस्रो खेलमा पाँच विकेटले पराजित भएको थियो ।

    पछिल्लो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको थियो ।

    नेपाली टोली

    कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल (कप्तान), सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, शरद भेषवाकर, सुशान भारी र आरिफ शेख ।

     


    प्रकाशित :आश्विन ३, २०७८ आइतवार - १६:४७:१०

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.