sutra news logo

आइतवार, कार्तिक ७ गते २०७८

images
images

स्वास्थ्य शाखा प्रमुखबाटै सहकर्मीमाथि हातपात

स्वास्थ्य शाखा प्रमुखबाटै सहकर्मीमाथि हातपात

सुत्र न्यूज

१ आश्विन २०७८
  • 228
    SHARES
  • नेपालगञ्ज- बाँके कोहलपुर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख अनिल सेन ठकुरीमाथि कर्मचारीलाई हातपात गरेको आरोप लागेको छ ।

    images

    कार्यालय समयमा कार्यकक्षमै स्वास्थ्य प्रमुख ठकुरीले स्वास्थ्य शाखामै कार्यरत् सिनियर स्वास्थ्य अधिकृत गेहराज खनालमाथि शुक्रबार हातपात गरेको आरोप लागेको हो ।

    कोरोना भाइरसको औषधि खरिद गर्ने विषयमा उठाइएको टिप्पणीमा खनालले खरिद गर्ने औषधिको लिष्ट माग्दा शाखा प्रमुख ठकुरीले हातपात गरेका हुन् । हातपातबाट खनालको अनुहारसहित शरीरमा चोटपटक लागेको छ ।

    पीडित खनालले आफूमाथि कार्यकक्षमा नै भएको हातपातको विषयलाई लिएर कोहलपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्र केसी र ईलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएका छन् ।

    यता आफूले हातपात नगरेको आरोपी स्वास्थ्य शाखा प्रमुख ठकुरी दाबी गर्छन् । खनालले टिप्पणी उठाएको कागज च्यातिएपछि सामान्य भनाभन मात्र भएको ठकुरीको भनाइ छ ।  


    प्रकाशित :आश्विन १, २०७८ शुक्रवार - २१:५८:५०

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.