sutra news logo

आइतवार, कार्तिक ७ गते २०७८

images
images

यमनमा २५ हुथी विद्रोही र २० सैनिकको मृत्यु

यमनमा २५ हुथी विद्रोही र २० सैनिकको मृत्यु

सुत्र न्यूज

१ आश्विन २०७८
  • 255
    SHARES
  • यमन- यमनको आदेन क्षेत्रमा गएको २४ घन्टा यता भएका भिडन्तहरुमा परी कम्तीमा पनि २५ जना हुथी विद्रोही र २० जना यमनी सैनिकको ज्यान गएको छ ।

    images

    यमनको मध्य क्षेत्रीय प्रान्त अल बायदामा सो भिडन्त भएको थियो । उक्त क्षेत्रमा यहाँको सैनिकले हुथीहरुका विरुद्धमा कारबाही चलाएको थियो ।

    यमनमा कतिपय नगरहरु हुथी विद्रोहीहरुले कब्जा गर्दै आएपछि सो मध्यक्षेत्रमा पनि उनीहरुले प्रभाव बढाउन थालेका छन् । यही सूचनाको आधारमा यहाँको सेनाले सो क्षेत्रमा कारबाही अघि बढाएको थियो ।

    त्यसक्रममा भएका भिडन्तमा परेर ती सैनिक विद्रोही मारिएका हुन् । उता विद्रोहीहरुले पनि सेनामाथि आक्रमण गरेका थिए ।

    त्यसक्रममा कम्तीमा पनि २० जना यमनी सैनिक मारिएका बताइएको छ ।

    सो क्षेत्रमा केही समय यतादेखि विद्रोहीहरुले आफ्ना क्रियाकलापहरु बढाएका र सरकारका सुरक्षा निकायहरुले पनि निगरानी राखिरहेको बताइएको छ ।


    प्रकाशित :आश्विन १, २०७८ शुक्रवार - १९:४१:५२

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.