sutra news logo

आइतवार, कार्तिक ७ गते २०७८

images
images

चीनबाट ४४ लाख डोज भेरोसेल खोप आज नेपाल ल्याइँदै

चीनबाट ४४ लाख डोज भेरोसेल खोप आज नेपाल ल्याइँदै

सुत्र न्यूज

१ आश्विन २०७८
  • 184
    SHARES
  • काठमाडौं- सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप आज नेपाल आइपुग्दै छ । उक्त खोप ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी जहाज बिहीबार साँझ त्यसतर्फ प्रस्थान गरेको थियो । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलका अनुसार खोप आज दिउँसो २ बजे आइपुग्ने छ ।

    images

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले दिएको जानकारीअनुसार चीनसँग खरिद गरिएको उक्त खोप दिउँसो नेपाल आइपुग्ने र केही दिनमा फेरि खोप अभियान सुरु गरिने छ ।

    सरकारले ६० लाख डोज खोप खरिद गरेकामा यसअघि १६ लाख डोज नेपाल ल्याइसकिएको छ । नेपालमा अहिलेसम्म १ करोड ३३ लाख खोप आइसकेको छ ।


    प्रकाशित :आश्विन १, २०७८ शुक्रवार - ०८:०१:३१

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.