sutra news logo

सोमवार, आश्विन ४ गते २०७८

images
images

आउने निर्वाचनमा माओवादी पहिलो पार्टी बन्छ- प्रचण्ड

आउने निर्वाचनमा माओवादी पहिलो पार्टी बन्छ- प्रचण्ड

सूत्र न्यूज

३० भाद्र २०७८
  • 128
    SHARES
  • काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आउँदो निर्वाचनमा माओवादी पार्टी  पहिलो हुने भएको बताएका छन् ।

    images

    बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता प्रचण्डले माओवादीलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताएका हुन् ।

    ‘आउने निर्वाचनमा हेर्नुहोला, केन्द्रीय समितिबाट हामीले जुन संकल्प गरेका छौ, विचार, सिद्धान्त र संगठन बनाउने त्यो अनुसार हिँडियो भने फेरि एक नम्बरको पार्टी बन्नबाट कसैले रोक्न सक्दैन र हामीले देशको नेतृत्व गर्ने स्थिति बन्छ’ उनले भने ।'

    त्यस्तै उनले माओवादी पार्टी मित्रहरूको खोजीमा रहेको भन्दै अहिलेको गठबन्धन अर्को निर्वाचनसम्म जान सक्ने संकेत पनि गरे । ‘हामी मित्रहरुको खोजीमा छौं,’ उनले भने, ‘यही गठबन्धनलाई अगाडि दुई तिहाईको सरकार बनाउने अवसरबाट हामी टाढा भएका छैनौं ।’


    प्रकाशित :भाद्र ३०, २०७८ बुधवार - ११:३६:५४

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.