sutra news logo

सोमवार, आश्विन ४ गते २०७८

images
images

आठ दिनपछि भेटियो बेपत्ता बालिकाको शव

आठ दिनपछि भेटियो बेपत्ता बालिकाको शव

सुत्र न्यूज

३० भाद्र २०७८
  • 125
    SHARES
  • पाँचथर- हेंवाखोलाले बगाई आठ दिनदेखि बेपत्ता बालिकाको शव फेला परेको छ ।

    images

    जिल्ला प्रहरी कार्यालयका अनुसार यही भदौ २१ गते फिदिम नगरपालिका-४ हेंवाखोलामा नुहाउने क्रममा खोलाले बगाई बेपत्ता भएकी हिलिहाङ गाउँपालिका-७ सल्लेरीका गजेन्द्र योङ्याकी चार वर्षीया छोरी आँचलको शव मङ्गलबार फेला परेको हो ।

    बालिका वेपत्ता भएको स्थानबाट करिब १०० मिटर तल पुलको मुनि चेपमा बालिकको शव रहेको स्थानीयवासीले खबर गरेपछि प्रहरी टोली पुगेको थियो ।

    शव फेला परेपछि कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए ।  सांकेतिक तस्बिर । 


    प्रकाशित :भाद्र ३०, २०७८ बुधवार - ०७:५७:०८

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.