sutra news logo

सोमवार, आश्विन ४ गते २०७८

images
images

कहिले पाउँछ मन्त्रिपरिषद्ले पूर्णता ? यस्तो छ भुसालको जवाफ

कहिले पाउँछ मन्त्रिपरिषद्ले पूर्णता ? यस्तो छ भुसालको जवाफ

सुत्र न्यूज

२९ भाद्र २०७८
  • 104
    SHARES
  • दमौली- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केही दिनभित्रमा नै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएकी छिन् ।

    images

    नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीले आज बेलचौतारामा आयोजना गरेको कार्यकर्ता भेलामा उनले लामो समयदेखि रोकिएको मन्त्रिपरिषद् विस्तारले अब पूर्णता पाउने बताएकी हुन् ।

    उनले भनिन्, ‘दुई महिनादेखि मन्त्रिपरिषद् अपूर्ण छ, यही भदौं ३० गते संसद्बाट बजेट पास भएपछि मन्त्रिपरिषद् विस्तार हुन्छ ।’

    उनले वर्तमान सरकारले जनताका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सङ्गठन विस्तारमा केन्द्रित हुन कार्यकर्तालाई आग्रह गरिन् । मन्त्री भुसालले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउन लाग्नुपर्नेमा जोड दिइन् ।

    उनले वर्तमान निर्वाचन प्रणालीका कारण एउटै पार्टीको बहुमत नआउने स्थिति देखिएकाले चुनावमा अरु पार्टीसँग पनि गठबन्धन गरिने उल्लेख गरिन् । फाइल तस्बिर । 


    प्रकाशित :भाद्र २९, २०७८ मंगलवार - २०:३९:१५

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.