sutra news logo

सोमवार, आश्विन ४ गते २०७८

images
images

आफैंले स्थापित गरेको अभ्यासबमोजिम चल्न सभामुखलाई नेम्वाङको आग्रह

आफैंले स्थापित गरेको अभ्यासबमोजिम चल्न सभामुखलाई नेम्वाङको आग्रह

सुत्र न्यूज

२९ भाद्र २०७८
  • 156
    SHARES
  • काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफैंले स्थापित गरेको अभ्यास र कानुनअनुसार चल्न सभामुख अग्निप्रसाद सापकोटालाई अनुरोध गरेका छन् ।

    images

    पार्टीका नेता कसलाई कारबाही गर्न हुन्छ र कसलाई कारबाही गर्न हुँदैन भन्ने कुरा सभामुखको अधिकार क्षेत्रभित्र नभएको जिकिर गर्दै उपनेता नेम्वाङले सभामुखले कसैप्रति भेदभाव गर्न नहुनेमा जोड दिए ।

    एमालेले पार्टीको ह्वीप उल्लङ्घन गर्ने १४ सांसदलाई पदमुक्त नगरेको भन्दै संसद् बैठक अवरोध गर्दै आएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै नेता नेम्वाङले सभामुखलाई स्थापित अभ्यासबमोजिम चल्न आग्रह गरे ।


    प्रकाशित :भाद्र २९, २०७८ मंगलवार - १९:४४:०२

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.