sutra news logo

सोमवार, आश्विन ४ गते २०७८

images
images

क्यामरुनमा भिडन्तमा नौ जना सैनिक र चार पृथकतावादीको मृत्यु

क्यामरुनमा भिडन्तमा नौ जना सैनिक र चार पृथकतावादीको मृत्यु

सुत्र न्यूज

२९ भाद्र २०७८
  • 123
    SHARES
  • याउन्दे- क्यामरुनको एंगोलोफोनमा भएका पछिल्ला भिडन्तहरुमा परी नौ जना सैनिकको ज्यान गएको सेनाले जानकारी दिएको छ ।

    images

    साथै ती भिडन्तहरुमा परेर चार जना पृथकतावादी पनि मारिएका छन् । प्राप्त समाचारअनुसार यहाँका पृथकतावादीहरुले पछिल्लो हप्ता गरेको आक्रमण र त्यसमा सेनाले गरेको कारबाहीका क्रममा उनीहरु मारिएका छन् ।

    उक्त एंगोलोफोनमा यहाँका पृथकतावादीहरुले पछिल्लो चार वर्षयता हिंसात्मक विद्रोह गरिरहेका छन् । सो क्षेत्रमा यहाँको सेनाले पनि कारबाहीको प्रक्रिया जारी राखेको बताइएको छ ।

    उनीहरुले यहाँ अलग्गै राज्यको माग राखेर पृथकतावादी आन्दोलन चलाइरहेका छन् । 


    प्रकाशित :भाद्र २९, २०७८ मंगलवार - १८:१५:०३

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.