sutra news logo

आइतवार, कार्तिक ७ गते २०७८

images
images

भीम रावलले आफूनिकटलाई सोधे - एमाले छोडौं कि नछोडौं

भीम रावलले आफूनिकटलाई सोधे - एमाले छोडौं कि नछोडौं

सूत्र न्यूज

२९ भाद्र २०७८
  • 1.3K
    SHARES
  • भीम रावलले आफूनिकटलाई सोधे - एमाले छोडौं कि नछोडौं

    काठमाडौँ । एमाले विभाजन  भएपछि उपाध्यक्ष भीम रावल पहिलोपटक सुदूरपश्चिम पुगेका छन् । उनलाई त्यहाँका कार्यकर्ताहरुले पार्टी कार्यालय पुर्याएका छन् ।

    images

    पार्टी कार्यालय पुगेका रावल अहिले नेताहरुसँग छलफलमा व्यस्त देखिएका छन् । एमाले सुदूरपश्चिमको इन्चार्जका विषयमा विवाद भएपछि उनी त्यहाँ पुगेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कुरा नमिलेपछि पार्टी छाड्ने मूडमा पुगेका रावलले त्यहाँका नेताहरुसँग पार्टी छाड्ने या नछाड्ने भन्ने विषयमा छलफल गरिरहेको एक नेताले जानकारी दिए ।

    छलफलमा सहभागी एक नेताले रावल एमाले छोड्ने मूडमा रहेको बताए । रावलको भनाइ उदृत गर्दै उनले भने - ओलीले दस बुँदे कार्यान्वयन नगरेपछि हामीलाई अप्ठेरो परेको छ । तपाईहरूले सल्लाह दिनुपर्यो, एमाले छोडौं कि नछोडौं भनेर ।

    ओलीले सुदुरपश्चिमको इञ्चार्जमा पूर्व माओवादीका नेता लेखराज भट्टलाई नै निरन्तरता दिएपछि ओलीसँग असन्तुष्ट रहेका रावलले १० बुँदेलाई अक्षरस पालना गर्नुपर्ने बताए । तर, उनले पार्टी फुटाउने विषय कुनै व्यक्तिको स्वार्थबाट केन्द्रित भएको पनि उल्लेख गरे ।

    आफूहरूले अझै विचार गरेर अघि बढ्न सुझाएको ती नेताको भनाइ छ ।

     


    प्रकाशित :भाद्र २९, २०७८ मंगलवार - १५:५२:३३

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.