Logo

तस्बिरमा हेर्नुहोस् संसदमा एमालेको अराजकता



काठमाडौं- प्रतिनिधिसभाको बैठक शुक्रबार तीन पटक बस्यो । शुक्रबार अपरान्ह बसेका तीनवटै बैठकमा एमाले सांसदहरूको नाराबाजी चलिरह्यो । एमाले फुटाउन सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै सांसदहरूले सुरुदेखि नै नाराबाजी गरिरहे । सभामुखले बैठक सञ्चालनका लागि सहयोग गर्न बारम्बार अनुरोध गरिरहे । तर, एमाले सांसदहरूले टेरेनन् । एमाले सांसदको नाराबाजीका कारण सभामुख सापकोटाले पहिलो बैठक १५ मिनेटका लागि स्थगित गरे ।

samsad.jpg

नाराबाजीकैबीच सभामुख सापकोटाले दोस्रो बैठकलाई कार्यसूचीमा प्रवेश गराए । बैठक सुरु भएलगत्तै सभामुख सापकोटा र नेपकिपाका सांसद प्रेम सुवालबीच केहीबेर सवालजवाफ पनि चल्यो । प्रतिपक्षी दल एमालेको नाराबाजीका बेला आफूले प्रस्ताव प्रस्तुत गर्न नसक्ने सांसद सुवालले बताए । तर, सभामुख सापकोटाले आफूले रूलिङ गरेकाले यथास्थानबाट प्रस्ताव प्रस्तुत गर्न सांसद सुवाललाई आग्रह गरे । सुवाल मानेनन् । त्यसपछि केहीबेर सभामुख सापकोटा र सांसद सुवालबीच केहीबेर सवालजवाफ भयो । 

samsad4.jpg

सभामुख सापकोटाले सुवाललाई आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश र विनियोजन अध्यादेशलाई अस्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गर्न समय दिएका थिए । ती अध्यादेशलाई बैठकले स्वीकृत गर्‍यो । लगत्तै सभामुख सापकोटाले १५ मिनेटका लागि दोस्रो पटक बैठक स्थगित गरे । 

sa.jpg

शुक्रबार दुई-दुई पटक १५ मिनेटका लागि बैठक स्थगित गरियो । तेस्रो पटक बसेको बैठकमा भने एमाले सांसद र मर्यादापालकबीच रमाइलो घम्साघम्सी नै पर्‍यो । एमाले सांसद रेखा झाले माइक तानेर सभामुखलाई हिर्काउन खोजिन् । तर, उनलाई अन्य सांसद र मर्यादापालकले रोकेर दुर्घटनाबाट जोगाए । 

samsad1.jpg

नाराबाजीकाबीच सभामुख सापकोटाले दायाँबायाँसमेत नहेरी अर्थ सम्बन्धी अध्यादेशहरू प्रतिस्थापन गर्न बनेको विधेयक बैठकमा पेस गर्न अर्थमन्त्री जनार्दन शर्मालाई समय दिए । नाराबाजी गरिरहेका एमाले सांसदहरू रोस्ट्रममा उक्लिन खोज्दा मर्यादापालक र सांसदहरूबीच लामो समय घम्साघम्सी चल्यो ।  

sam.jpg

घम्साघम्सीकैबीच विधेयकहरू पेस गर्दा अर्थमन्त्री शर्मा निकै आत्तिएका देखिन्थे । रोस्ट्रम अगाडि उत्तेजित भएर नाराबाजी गरिरहेका एमाले सांसदरूतिर नियाल्दै शर्माले लर्बराउँदै हतार हतार विधेयक प्रस्तुत गरे । 

samsad (1).jpg

शर्माले विधेयक पेस गरेपछि सभामुख सापकोटाले ‘मैले शोक प्रस्ताव प्रस्तुत गर्दैछु’ भन्दै शान्त रहन नाराबाजी गरिरहेका सांसदहरूलाई आग्रह गरे । त्यसपछि नाराबाजी गरेका सांसद चुपचाप उभिरहे । उनीहरू उभिरहँदा सभामुख सापकोटाले जुठबहादुर खड्गी (जे.बी. टुहुरे) र महेन्द्र शेरचनको निधनमा शोक प्रस्ताव प्रस्तुत गरे । शोक प्रस्ताव पारित गरेपछि सबै सांसदहरूले मौन धारण गरे । मौन धारण सकिएलगत्तै फेरि सुरू भयो एमाले सांसदहरूको नाराबाजीे । केहीबेर नाराबाजीपछि सभामुख भने, ‘प्रतिनिधिसभाको अर्काे बैठक भदौ २७ गते आइतबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित हुन्छ ।’ 

samsad.jpg

नेकपा एमाले संघीय संसद

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार १४:०५

सर्वाधिक धेरै पढिएको

बिज्ञापन

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • प्रबन्ध सम्पादक :
    ईश्वर अर्याल