Logo

तालिबान काबुल नजिकै पुगेपछि आत्तिए अफगानी राष्ट्रपति, विदेशी नेतासँग सहयोग अपील



अफगानिस्तानका अमेरिकी समर्थित राष्ट्रपति असरफ घानीले तालिबानले प्रमुख शहरहरू कब्जा गर्न थालेपछि विदेशी समुदायको सहयोग माग गरेका छन् ।

शनिबार राष्ट्रिय टेलिभिजनमा सम्बोधन गरेर अमेरिका र नाटोका सेनाले अफगानिस्तान छोडेपछि देखिएको शून्यतामा तालिबानले छिटो लाभ हासिल थालेको प्रतिक्रिया दिएका हुन् ।

घानीले भने –  ‘म विश्वका नेताहरु र स्थानीय राजनीतिक व्यक्तित्वहरुसँग कुराकानीमा छु ।’

गत तीन हप्ता भन्दा कम समयमा तालिबान लडाकुहरु तीव्र गतिमा उत्तरी, पश्चिमी र दक्षिणी अफगानिस्तानका प्रमुख प्रान्तीय राजधानीहरु कब्जा गरेका छन् । आक्रमण शनिबार पनि जारी रह्यो, दुबै काबुलको नजिक र पाकिस्तानको सीमावर्ती दुर्गम क्षेत्रहरुमा ।

२००१ मा अमेरिकी सेनाले तालिबानलाई हटाएको थियो । घानीले भने – ‘अफगानिस्तानमा थोपिएको गृहयुद्ध र मृत्यु रोक्न र २० बर्षका उपलब्धिहरु गुमाउने अवस्थामा हामी छौं ।’

‘मैले परामर्श गरिरहेको छु र नतिजा चाँडै तपाइँ प्यारा देशवासीहरुसँग साझा गरिनेछ,’ उनले थपे ।

अफगानिस्तानको ३४ प्रान्तीय राजधानीहरु मध्ये आधा तालिबानले कब्जा गरेको छ, कान्दाहार र हेरातसहित । देशको दोस्रो र तेस्रो ठूलो शहर र देशको आधा भन्दा बढी ग्रामीण इलाका अब तालिबानको नियन्त्रणमा छ ।

अमेरिका, क्यानडा, बेलायत र अन्य देशहरु सुरक्षा कूटनीति बिग्रदै जाँदा आफ्ना कूटनीतिज्ञहरुलाई बाहिर निकाल्ने तयारीमा छन् । अमेरिकी दूतावासका कर्मचारीहरु संवेदनशील सामग्री नष्ट गर्नमा व्यस्त छन् ।

घानीले हजारौं आन्तरिक शरणार्थीहरु को स्थिति को बारे मा चिन्ता व्यक्त गरे जो पछिल्ला केही हप्तामा सरकारी सुरक्षामा भागेका छन् ।

एजेन्सीहरूको सहयोगमा 

 

 

तालिबान

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार ११:४७

सर्वाधिक धेरै पढिएको

बिज्ञापन

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • प्रबन्ध सम्पादक :
    ईश्वर अर्याल