sutra news logo

सोमवार, आश्विन ४ गते २०७८

images
images

सबै क्षेत्र खुकुलो बनाउँदै तनहुँमा निषेधाज्ञा थप

सबै क्षेत्र खुकुलो बनाउँदै तनहुँमा निषेधाज्ञा थप

सुत्र न्यूज

८ श्रावण २०७८
  • 354
    SHARES
  • तनहुँ- सबै क्षेत्र खुकुलो बनाउँदै तनहुँमा साउन २० गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले नवौ पटक निषेधाज्ञा थप गर्दै साउन २० गतेसम्म लम्ब्याएको हो । पछिल्लो पटक थपिएको निषेधाज्ञा साउन १० गतेसम्म कायम छ ।

    images

    छिमेकी जिल्लामा डेल्टा भेरियन्टको सङ्क्रमण देखिएको र तनहुँमा पनि जोखिम कायमै रहेकाले निषेधाज्ञा लम्ब्याउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

    निषेधाज्ञा थपिए पनि सबै क्षेत्र खुकुलो बनाइएको छ । यसअघि बिहान ०९ बजेदेखि ३ बजेसम्म खुल्दै आएका सबै सेवा र व्यवसाय बिहान ०५ बजेदेखि साँझ ४ बजेसम्म खोल्ने निर्णय भएको छ ।

    साथै लामो तथा मध्यमदूरीमा सञ्चालन हुने सार्वजनिक सवारी साधन बिहान ०६ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय बैठकले गरेको छ ।

    स्वास्थ्य र सुरक्षाका मापदण्ड पूरा गरेर रेष्टुरेन्ट तथा खाजाघर बिहान ०५ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्न पाउने र स्वास्थ्य र सुरक्षाको पर्याप्त प्रबन्ध गरेर होटलमा ५० प्रतिशत क्षमतासम्म पाहुना राख्न दिने निर्णयसमेत भएको बरालले बताए ।


    प्रकाशित :श्रावण ८, २०७८ शुक्रवार - २१:५०:४८

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.